अन्य , समाज , शिक्षा गृहपृष्ठ सफल बन्न चाहनेले पढ्नै पर्ने ६ पुस्तक सफल बन्न चाहनेले पढ्नै पर्ने ६ पुस्तक



हाम्रो इकोनोमि

 

जीवनमा पुस्तकको ठूलो महत्व छ । कतिपय पुस्तक त जीवनमा मार्गदर्शक नै बन्न सक्छन् ।

यहाँ ब्यवसायिक र प्रविधीको दुनियाँमा सफल मानिएका ६ ब्यक्तिले लेखेका पुस्तकको चर्चा गरिएको छ जो जीवनमा सफल हुनका लागि पढ्नै पर्ने मानिन्छ ।

१ क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरीः थमस पिकेटी

पछिल्लो समयको सबै भन्दा बढी पढिएको पुस्तक मानिने क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरी नामक पुस्तकमा लेख थमस पिकेटीले ब्यवसायमा कसरी अनुचित तरिका अपनाइन्छ र यसले गर्दा धनी र गरिवको खाडल बढिरहेको छ भनेर चर्चा गरेका छन् ।

समाजमा असन्तोष पैदा हुने कारणबारे उल्लेख गरेको यो पुस्तकलाई कतिपय कार्लमार्क्सको दास क्यापिटलसँग पनि तुलना गर्छन् । कुनै पनि ब्यवसाय गर्न चाहनेले यो पुस्तक पढ्नु उत्तम हुन्छ ।

२ गर्लबोसः सोफिया ऐमोरूजो

गर्ल बोस नामको पुस्तकमा सोफियाले आफूले कसरी कम्पनी स्थापना गरे देखि यसमा सफलता पाएर उद्यमी बन्दा सम्मको कथा छ ।

यो कथा धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । अझ केटीहरुका लागि विशेषरुपमा । यसमा सफल उद्यमी बन्नका लागि टिप्स समेत दिइएको छ ।

३ फियरलेस जीनियसः द डिजिटल रोभोल्यूशन इन सिलिकन भ्याली

यो पुस्तकमा प्रविधीको दुनियाँका ओस्ताद मानिने एप्पल कम्पनीका स्वर्गीय पूर्व प्रमुख स्टीभ जब्स, बिल गेट्स र जोन डोएर जस्ता ब्यक्तिको विषयमा उल्लेख छ । उनीहरुले जीवनमा के के गरे र कसरी यति ठूला ब्यक्ति बने भन्ने उल्लेख रहेको यो पुस्तक निक्कै प्रेरणादायी मानिन्छ । खासगरी ब्यापार र प्रविधीमा चासो राख्ने ब्यक्तिलाई यो पुस्तक साँच्चिकै पठनीय बन्न सक्छ ।

४ क्रिकएटिभिटी इङ्कः एड क्याट्मल

क्रिएटिभीटी इङ्क यस्तो पुस्तक हो जसमा म्यानेजर अर्थात ब्यवस्थापकले जान्ने पर्ने कुरा उल्लेख छ । यो पुस्तक ब्यवस्थापक अर्थात म्यानेजर बन्न चाहने ब्यक्तिले पढ्नै पर्छ ।

५ हाउ गुगल वर्क्स

यो पुस्तकमा गुगलका पूर्व कार्यकारी अध्यक्ष एवं पूर्व सीइओ एरिक शिम्ट र प्रोडक्ट्सका पूर्व एसभिफी जोनाथन रोजनवर्गले गुगल सर्च इन्जिन कसरी बन्यो र यो बनाउने विचार कहाँबाट आयो भन्ने उल्लेख गरेका छन् । त्यतिमात्र होइन यसमा प्रविधीले दुनियाँमा ल्याएको परिवर्तन र फेरिएको शक्ति सन्तुलनका विषयमा उल्लेख छ ।

६ थिङ्क लाइक अ फ्रिकः स्टीभन डी लेविट र स्टेफेन जे डबनर

यो पुस्तकमा विभिन्न चर्चित पुस्कका लेखकको जस्तै कसरी सोंच्ने भनेर अनौठा कुरा गरिएको छ । जीवनमा सफल हुन चाहनेले यो पुस्तकलाई पनि आदर्श मानेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...