सलमान खानलाई लिएर शाहरुख खानले दिएको यो प्रतिकृयाले सिंगो बलिउडमा हंगामा



हाम्रो इकोनोमि

 

बलिउडमा सलमान र शाहरुख खान एकदमै चर्चामा रहेको नाम हो ।

पछिल्ला दिनहरुमा शाहरुख चलचित्रमा भन्दा पनि व्यवसायमा व्यस्त भएको बताइन्छ । उनी परिवार सहित दुबईमा बस्दै आएका छन् ।

उनको त्यहाँ व्यवसाय भएको जनाइन्छ् ।

भारतमा यो वर्ष थुप्रै चलचित्रहरु प्रदर्शनमा आए कतिले राम्रो कमाई गर्न सफल भए त धेरै फल्प हुन पुगेका छन् ।

यो बिचमा सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक हुनेबित्तिकै सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् ।

तर सबैभन्दा पहिले यो ट्रेलरमा जुन नायकले ट्वीट गर्दै तारिफ गरेका छन् ती हुन् शाहरुख खान । शाहरुख खानले सलमान खानको भारत ट्रेलरको प्रशंसा गर्दै लेखेका छन्, ‘के हो भाइ, निकै राम्रो छ ।’

यो चलचित्रमा सलमान खानकी पुर्व प्रमिका कट्रिना कैफलाई पनि फरक अवतारमा देख्न सकिने छ भने सलमान खानलाई ६ वटा अवतारमा देखिने जनाइएको छ । मुख्य भुमिकामा सलमान, कैफ र सुनील ग्रोवर रहेका छन् ।

सलमान खानको फिल्म भारतलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । फिल्म इदको मौकामा जून ५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...