नेपालगञ्जमा भिषण आगलागी, करोडौंको धनमाल जलेर नष्ट !



हाम्रो इकोनोमि

 

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ ।

धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति पुगेको अनुमान गर्नुभएको छ ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हो ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...