नायक विराज भट्टद्वारा प्राविधिक शंकर पाण्डेमाथि मुक्का प्रहार , रोकियो फिल्मको सुटिङ



हाम्रो इकोनोमि

 

फिल्मको कामलाई लिएर विवाद भएपछि अभिनेता बिराज भट्टले निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटपिट गरेका छन् ।

 

सोमबार राती साढे नौ बजे बानेश्वरस्थित बेकरी क्याफेमा चर्काचर्की भएको थियो ।

विराजले आफ्नै लगानीमा ‘साङ्लो’ फिल्म बनाउँदै थिए र छलफलका लागि प्रडक्सन कन्ट्रोलर पाण्डेलाई बोलाएका थिए ।

त्यही बेला पुगेका अर्का प्राविधिक केशव घिमिरे लगायतले दुबैजनालाई छुट्याए र पाण्डेलाई घरतर्फ पठाए ।

प्रत्यक्षदर्शी घिमिरेका अनुसार विराजले पाण्डेमाथि मुक्का वर्षाएका थिए भने, पाण्डेले कुर्सी उठाउने प्रयत्न गरे ।

निर्माता एवं अभिनेता हिरोले नै आफूलाई कुटेपछि निर्माण नियन्त्रक पाण्डेले फिल्म ‘साङ्लो’बाट आफूले काम छाडेको बताएका छन् ।

सुटिङ सुरु नहुँदै विवाद उत्पन्न भएपछि विराजले स्वप्न प्रोजेक्ट भनेको फिल्म ‘साङ्लो’ छायांकन तत्कालका लागि अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...