नायक विराज भट्टद्वारा प्राविधिक शंकर पाण्डेमाथि मुक्का प्रहार , रोकियो फिल्मको सुटिङ



हाम्रो इकोनोमि

 

फिल्मको कामलाई लिएर विवाद भएपछि अभिनेता बिराज भट्टले निर्माण नियन्त्रक शंकर पाण्डेलाई कुटपिट गरेका छन् ।

 

सोमबार राती साढे नौ बजे बानेश्वरस्थित बेकरी क्याफेमा चर्काचर्की भएको थियो ।

विराजले आफ्नै लगानीमा ‘साङ्लो’ फिल्म बनाउँदै थिए र छलफलका लागि प्रडक्सन कन्ट्रोलर पाण्डेलाई बोलाएका थिए ।

त्यही बेला पुगेका अर्का प्राविधिक केशव घिमिरे लगायतले दुबैजनालाई छुट्याए र पाण्डेलाई घरतर्फ पठाए ।

प्रत्यक्षदर्शी घिमिरेका अनुसार विराजले पाण्डेमाथि मुक्का वर्षाएका थिए भने, पाण्डेले कुर्सी उठाउने प्रयत्न गरे ।

निर्माता एवं अभिनेता हिरोले नै आफूलाई कुटेपछि निर्माण नियन्त्रक पाण्डेले फिल्म ‘साङ्लो’बाट आफूले काम छाडेको बताएका छन् ।

सुटिङ सुरु नहुँदै विवाद उत्पन्न भएपछि विराजले स्वप्न प्रोजेक्ट भनेको फिल्म ‘साङ्लो’ छायांकन तत्कालका लागि अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...