रिना बस्नेतको शंकास्पद मृत्यु , कहाँ पुग्यो प्रहरी अनुसन्धान , के भन्छ प्रहरी ?



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारीमा रहेका पति सन्तोष बस्नेतकी पति रिना आफ्ना १४ वर्षे छोरा साइमनसँगै बस्थिन् ।

छोरासँग राति पथरीको प्रस्तावित रंगशाला क्षेत्रमा भएको कन्सर्ट हेरेर ११ बजेपछि डेरामा आएकी २९ वर्षीया रिनाको स्वा भाविक मृत्यु नभएर हत्या भएको स्थानीयको भनाइ छ।

यसरी उत्तरी मोरङमा पछिल्ला तीन महिनामा तीन महिलाको हत्या भएको छ।बेलबारीकी शर्मिला राईको हत्या भएको प्रमाणित भएको छ।शर्मिला राई र रिना बस्नेतको शंकाशस्पद मृत्यु पनि हत्या नै भएको स्थानीयको दाबी छ ।

रिना हत्याको विरोधमा पथरीमा स्थानीय आन्दोलित भएका छन् ।

सोमबार सडकमा आएका स्थानीयले केही समय पूर्वपश्चिम राजमार्गको सडक अवरुद्ध गरेका थिए ।

पथरीका स्थानीय कमल मादेनले पथरीमा सुरक्षाकर्मीको राम्रो उपस्थिति भए पनि हत्यारा पत्ता लाग्न नसकेकाले आन्दोलन गरिएको बताए । उनले भने, ‘रिना बस्नेतको मात्रै हैन यस अगाडि एउटा गोरखा गल्लीमा फागुन १६ गते एउटा युवकको शव भेटियो ।

प्रशासनले न सुरक्षा दिन्छ न हत्यारा पत्ता लाउँछ ?’ यता बेलबारीकी शर्मिला राईका आफन्तले पनि शंकास्पद मृत्युको न्यायिक छानबिन नभएमा आन्दोलन गर्ने बताएका छन् । मृतककी फुपू पूर्णा राईलेचोटैचोट र रगत देखिएको घटनालाई पनि सामान्य लिएमा आन्दोलन गर्ने बताइन् ।

रिना बस्नेत र शर्मिला राईको शंकास्पद र विभत्स मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले शर्मिला राईको पोस्टमार्टम रिपोर्टपछि अन्य अनुसन्धान गर्ने बताए ।

उनले भने, ‘पोस्ट मार्टम रिपोर्ट आएपछि त्यसैअनुसार अनुसन्धान गर्छौं ।’यता, रिना बस्नेतको हत्या आशंकाका विषयमा कुराकानी गर्न सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले फोन उठाएनन् ।

मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले भने रिनाको कल डिटेल्स लिने र बाँकी अनुसन्धान भइरहेको मिडियालाइ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...