यी श्रीमान जसले आफ्नै श्रीमतीको प्रेमीसँग गरिदिए विहे, उपहारमा दिए अढाई वर्षीय छोरा



हाम्रो इकोनोमि

 

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला ।

 

तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यो घटनाको अहिले बिहारभर चर्चा छ।

राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए । स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि विहे गरेका थिए।

विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए । उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो ।

यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ ग-यो। जेल जानुप-यो। उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो। शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन।

पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए। ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षी

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...