यी श्रीमान जसले आफ्नै श्रीमतीको प्रेमीसँग गरिदिए विहे, उपहारमा दिए अढाई वर्षीय छोरा



हाम्रो इकोनोमि

 

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला ।

 

तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यो घटनाको अहिले बिहारभर चर्चा छ।

राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए । स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि विहे गरेका थिए।

विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए । उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो ।

यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ ग-यो। जेल जानुप-यो। उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो। शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन।

पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए। ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...