भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद



हाम्रो इकोनोमि

 

भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् ।

भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको भविष्य यही चुनावले निर्धारण गर्ने छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गुजरात पुगेर आज मतदान गरेका छन् । मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगे । अनि सल उपहार दिएर मिठाइ खुवाए ।

यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन् । भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ ।

सन् २०१४ को लोकसभा चुनाव जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...