रिनालाई बारम्बार फोन गर्ने कमल नेपाल पक्राउ



हाम्रो इकोनोमि

 

नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आइपुगेका छन् । छोरा सहित पथरी रहेकी श्रीमतीको रहस्यमय मृत्यु भए पछी रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या भएको र उनको हत्यामा संलग्न ब्यत्तिलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबार दिनभर सडकमा निस्किएर प्रर्दशन गरेका थिए ।

 

चक्काजाम सहितको प्रर्दशन पछि संघर्ष समिति ने गठन गरेर मंगलबार बिहानबाट थप आन्दोलन गर्ने तयारी भईरहँदा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घटनामा नाम मुछिएका ब्यत्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन ।

 

पथरीमा कस्मेटिक ब्यबसाय गर्दै आएकी रिना शनिबार बिहान पथरी १ मा रहेको आफनै डेरा अघि सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिईन । उनको परिवारले रिनाको हत्या भएको बताउँदै आएको छ । पथरी आइपुगेका सन्तोषले घटनामा निष्पक्ष छानबिनको माग गरेका छन ।

 

स्थानिय नै त्रासमा… नाङ्गै मृत फेला परकि रिना बस्नेतकाे खुल्यो नयाँ रहस्य

 

रीशनिश्चरे- मोरङ र पथरीशनिश्चरेकी रिना बस्नेतको शुक्रबार राती भएको मृत्युको घट्ना रहस्यमय बन्दै गएको छ । नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको आफ्नै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने जनाएको छ । प्रहरी गोप्य स्रोतका अनुसार उनका ब्वाईफ्रेण्ड भनिएका सुन्दरहरैचाका एक युवालाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन ।

 

यो कुराको पुष्टि भएको छैन । पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराको जन्मदिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाइ कोक र आफ्नो लागी वियर लिएर कोठामा आएकि थिईन । हत्या हो या दुर्घटना के हो पोष्टमाटमको रिपोर्ट नआए सम्म केहि भन्न नसकिने इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए । अबैध सम्बन्धको कारण पनि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

बिच बजारमा नग्न अबस्थामा हत्या हुँदा समेत प्रहरीले सुँईको नपाउनु र दिनभर मृतकको फोन आउनुले घटना थप शंकास्पद बनाएको छ । शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

 

कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत घटना भएको रात पथरी रंगशालामा भएको सांगितिक कार्यक्रमपछि डेरामा आएर मदिरा सेवन गरेजस्तो देखिएको छ । अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...