अङ्ग प्रदर्शन र बोल्ड तस्बिरमा बलिउडमा टिकेका यी अभिनेत्रीहरु (तस्बिरसहित)



हाम्रो इकोनोमि

 

विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु ।

त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ ।

उर्वशी रौतेला : सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैँन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

जरीन खान : बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।

ईशा गुप्ता : सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।

अमीषा पटेल : करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन।

सनी लियोन : बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ । एजेन्सीबाट

 

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल

 

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् ।

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल

हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् ।

यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

हालै मलाइकाले आफ्ना केही ग्ल्यामर्स तस्वीर शेयर गरेका छिन् । ती तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाइरहेका छन् । पहेँलो ड्रेसमा मलाइकाले आफ्नो सुन्दरता शेयर गरेकी छिन् । ती तस्वीरमा मलाइका निकै ‘हट’ पनि देखिएकी छिन् ।

मलाइकाले प्रायः सामाजिक सञ्जालमा तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनी आफ्नो फिटनेसमा निकै ख्याल राख्छिन् । जिम जान्छिन् र योगा पनि गर्छिन् । हेरौं तस्वीर:

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...