मलाइकाभन्दा अघि बिहे गर्दै अरबाज खान, को हुन् २२ वर्ष कान्छी प्रेमिका ?



हाम्रो इकोनोमि

 

अरबाज खान र मलाइका अरोडा दुबै आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । एकातर्फ मलाइका नायक अर्जुन कपुरसँगको विवाहका कारण चर्चा आईरहेक छन् भने उनका पुर्वपति अरबाज खान विदेशी सुन्दरीसँगको प्रेमका कारण चर्चामा रहेका छन् ।

 

अरबाज र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनीहरु आ–आफ्नो जीवनमा व्यस्त भए । अरबाजले आफू अहिले जीवनको जुन मोडमा छन् त्यहाँ आइपुग्दा दोस्रो विवाहबारे सोचीरहेका छन् ।

Image result for जॉर्जिया एंड्रियानी

मलाइकाको विवाहको खबरबारे अरबाजले भने, ‘म पनि विवाह गर्नेछु । यो एउटा यस्तो प्रथा हो जुन हाम्रो देशमा वर्षौंदेखि चल्दै आएको छ । केही विवाह चल्न सक्दनन् तर यसको अर्थ यो प्रथा नै गलत हो भन्न मिल्दैन । म जवानहरुलाई पक्कै पनि विवाह गर्न सल्लाह दिन्छु ।’

 

‘मेरो सम्बन्ध जसरी समाप्त भयो, त्यसमा मलाई केही भन्नु छैन । हाम्रो जीवन राम्रोसँग चलिरहेको थियो तर अचानक कुरा बिग्रन थाल्यो । यद्यपी, अब मेरो जीवन राम्रो बाटोमा छ र हुनसक्छ म दोस्रो घर बसाउनेछु ।’

 

उनी थप्छन्, ‘मेरो पहिलो विवाह चलेन, त्यसकारण दोस्रो विवाह गर्नुको के फाइदा भन्ने व्यक्ति म होइन । म दोस्रो पटक विवाह गर्न सक्छु । तर यसका लागि सही समय र सही व्यक्ति भेटिन आवश्यक छ ।’

 

स्मरण रहोस्, अरबाज खान आजकाल मोडल जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् । जर्जिया र अरबाजको उमेरमा २२ वर्षको फरक छ । उनीहरुलाई धेरैजसो सँगै देखिन्छ । एजेन्सि

 

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल

 

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् ।

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल

हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् ।

यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

हालै मलाइकाले आफ्ना केही ग्ल्यामर्स तस्वीर शेयर गरेका छिन् । ती तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाइरहेका छन् । पहेँलो ड्रेसमा मलाइकाले आफ्नो सुन्दरता शेयर गरेकी छिन् । ती तस्वीरमा मलाइका निकै ‘हट’ पनि देखिएकी छिन् ।

मलाइकाले प्रायः सामाजिक सञ्जालमा तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनी आफ्नो फिटनेसमा निकै ख्याल राख्छिन् । जिम जान्छिन् र योगा पनि गर्छिन् । हेरौं तस्वीर:

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...