गोप्य डेटिङमा अनमोल सुहाना [फोटो फिचर]



हाम्रो इकोनोमि

 

चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो । हिजो शुक्रबारबाट प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन ।

दोश्रो साताको शनिबार पनि सिनेमाले देशैभर आक्रामक ब्यापार गरिरहेको छ । वितरक र निर्माण टिमका अनुसार दोश्रो साताको शनिबार पनि दर्शक हलमा सिनेमा हेर्न उर्लिएका छन् ।

बलिउडको प्रतिक्षित सिनेमा कलंक पनि नेपालमा शक्रबारबाट नेपालमा प्रदर्शन भैरहेको छ । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक रिभ्युका कारण ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तारमा कलंकको कुनैपनि असर परेको छैन । ‘कलंक’लाई सिंगल हलमा ए मेरो हजुर ३ले उछिनेको छ, भने मल्टिप्लेक्समा पनि दोश्रो सातामा सिनेमाले पाएको उच्च शोमा दर्शक भरिभराउ छन् ।

देशकै ठुलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले आज शनिबार ए मेरो हजुर ३ लाई दिएको १४ शोजमा दर्शकको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म रहेकोछ । यस्तै, काठमाण्डौको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका स्थानमा पनि सिनेमाको व्यापार उच्च रहेको छ ।

योसँगै ए मेरो हजुर ३ सुपरहिट सिनेमाको सुचिमा दताए भएको छ । यसैविच, नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा लगायतको टिम शनिबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...