गोप्य डेटिङमा अनमोल सुहाना [फोटो फिचर]



हाम्रो इकोनोमि

 

चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो । हिजो शुक्रबारबाट प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन ।

दोश्रो साताको शनिबार पनि सिनेमाले देशैभर आक्रामक ब्यापार गरिरहेको छ । वितरक र निर्माण टिमका अनुसार दोश्रो साताको शनिबार पनि दर्शक हलमा सिनेमा हेर्न उर्लिएका छन् ।

बलिउडको प्रतिक्षित सिनेमा कलंक पनि नेपालमा शक्रबारबाट नेपालमा प्रदर्शन भैरहेको छ । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक रिभ्युका कारण ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तारमा कलंकको कुनैपनि असर परेको छैन । ‘कलंक’लाई सिंगल हलमा ए मेरो हजुर ३ले उछिनेको छ, भने मल्टिप्लेक्समा पनि दोश्रो सातामा सिनेमाले पाएको उच्च शोमा दर्शक भरिभराउ छन् ।

देशकै ठुलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले आज शनिबार ए मेरो हजुर ३ लाई दिएको १४ शोजमा दर्शकको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म रहेकोछ । यस्तै, काठमाण्डौको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका स्थानमा पनि सिनेमाको व्यापार उच्च रहेको छ ।

योसँगै ए मेरो हजुर ३ सुपरहिट सिनेमाको सुचिमा दताए भएको छ । यसैविच, नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा लगायतको टिम शनिबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...