रीना हत्याकाण्डः प्रहरी र स्थानियबची झडप



हाम्रो इकोनोमि

 

 

पथरीशनिश्चरे १ की २९ बर्षिया रीना बस्नेतको शुक्रबार राति भएको हत्या बिषयलाई लिएर प्रहरी र स्थानियबची झडप भएको छ ।

झडपका कारण महेन्द्र राजमार्ग अवरुद्ध भएको जनाएको छ ।

शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव पोस्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने दवाबका बिच बस्नेतको शव पोस्टमार्टमका लागि वी.पी. प्रतिष्ठान लगिएको हो ।

को हुन् कमल नेपाल जो रिनालाई बारम्बार फोन गर्थे अनि छोरालाई मोबाइल किन्दीन्थे ?

क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो ।

आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा भइन ।

नग्न अबस्था अनि रहस्मय अबस्थामा मृत भेटिएकी रिना बस्नेतका छोरा साइमन बस्नेतले आमालाई बारम्बार फोन गर्ने ब्यत्तिको परिचय सार्बजनिक गरेपछि घटना थप रहस्यमय बनेको छ ।

शुक्रबार दिँउसो छिमेकीको छोराको जन्मदिन र बेलुका कन्सर्टमा सँगै गएका आमाछोरा राति सँगै कोठामा आएर आफूसँगै सुतेकी ममीको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाएको बताएका छन ।

२९ वर्षीया रिनाको शव सडकमा नाङ्गो अवस्थामा फेला परेको थियो । शुक्रबार बारम्बार कमल नेपाल नाम गरेको ब्यत्तिको फोन आएको,राति सुत्ने बेलामा पनि उसकै फोन आईरहेको र उनले फोन नउठाएपनि आमा तनावमा भएजस्तो देखिएको उनले बताएका छन ।साइमनका बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति ११ बजेपनि रिना र उनले कुराकानी गरेका थिए । बाबाले छिट्टै आउने कुरा गरेको तर, त्यही रात रिनाको शंकास्पद मृत्यु भएपछि घटना थप रहस्यमय बनेको छ । राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् ।

१२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो आफुलाई थाह नभएको साईमनले बताए ।रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएपछि प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ ।

तर, परिवार भने यसलाई मान्न तयार छैनन् । जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताएका छन ।साइमनका अनुसार रिना र कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।

शनि बार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए । मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।

परिवारका सदस्यहरुले रिनाको लडेर मृत्यु भएको नभई हत्या भएको हुनसक्ने बताउँछन् । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...