पथरीकी रीनाको हत्या उनकै प्रेमीबाट !



हाम्रो इकोनोमि

 

 

शनिबार बिहान आफ्नै पसल अघि मृत फेला परेकी पथरीकी रीना बस्नेतको हत्या उनकै ब्वाईफेण्डबाट भएको हुन सक्ने प्रहरीले शंका गरेको छ ।

मोरङको पथरीशनिश्चरे १ की रिना बस्नेतको हत्या वा आत्महत्या बिषयमा अहिलेसम्म कुनै टुंगो नलागेपनि उनका प्रेमी शंका गरिएका व्यक्तिलाई प्रहरीले निगरानीमा राखेको छ ।

सुन्दरहरैचाका एक युवा उनको प्रेमी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्टमा पुगेकी रीनाले त्यहाँ मादक पदार्थ सेवन गरेकी र घर आएर पनि बियर खाएको बताइएको छ ।

मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् ।

अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेपनि अहिलेसम्म यसै भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

केही समयअघि पनि मोरंगमै रमिला राईको उनका प्रेमी योगेन्द्र गुरुङले हत्या गरी मारेर सप्तकोशीमा लास फालेका थिए । पछि प्रहरीले हत्यारा र लास दुवै बरामद गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...