गाउँपालिकाका उपाध्यक्ष चौधरीले पास गरिन् ८ को परीक्षा
दाङको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले कक्षा –८ को परिक्षामा उत्तीर्ण भइन्।

गाउँपालिकाको शिक्षा शाखाले प्रकाशित गरेको कक्षा–८ को नतिजामा चौधरी उत्तीर्ण भएकी हुन्।
उनले नेपाली, अंग्रेजी, विज्ञान, सामाजिकमा ‘सि प्लस’, गणितमा ‘सि’, स्वास्थ्य, नैतिक, कम्प्युटर र व्यावसायिक शिक्षामा ‘बि’ ग्रेड प्राप्त गरेकी छन्। उनले जम्मा २.३२ जिपिए ल्याएकी छन्।
म निर्वाचित जनप्रतिनिधि आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ, कहिल्यै कतै जानुपर्छ, कहिल्यै कति हिड्नु पर्छ’ उनले भनिन् ‘तर पनि घरमा सो अध्ययन गरेर पनि राम्रो नतिजा ल्याउन सफल भए।’ उनले पढाई ठूलो भएको भन्दै ४८ वर्षमा पनि पढाइ शुरु गरेको बताइन्।
उनले पढाइलाई नियमितता दिने बताइन्। विस २०२४ सालमा जन्मिएकी चौधरीले उमेरले पढाइलाई नछेक्ने बताइन्। उनले दाङ गढवाको जनता माध्यमिक विद्यालयबाट कक्षा आठको परीक्षा दिएकी थिइन्।


