अझै यस्तो छ समाज : दलितको विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता



हाम्रो इकोनोमि

 

आज प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा श्रीलंका शृंखलाबद्ध विस्फोटको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै नेकपाको एकता प्रकृयामा तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ ।

त्यस्तै संघ पछ्याउँदै गण्डकी प्रदेश शीर्षकमा अर्को समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ ।

तेस्रो पृष्ठमा नागरिक दैनिकले विवाहमा छुवाछुत र भेदभाव भएको समाचार प्रकाशन गरेको छ ।

अगुवाले दक्षिणा दिए, भोज खाएनन् शीर्षकमा प्रकाशित समाचारमा लेखिएको छ – रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिकाहरुले जातीय छुवाछुतको घटना दोहोराएका छन् ।

वैशाख ५ गते भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला बेहुलीलाई आशीर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट प्राप्त दक्षिणा फिर्ता गरेको थियो ।

रामबहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाईलीसँग विवाह भएको थियो ।

विवाहको निम्तो स्वीकार गरेर आएका २२ जना भोजमा सहभागी नभइ दक्षिणामात्रै बुझाएर फर्केकाले आफूहरुको अपमान भएको भन्दै आइतबार शुद्धोधन ४ का वडाअध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए ।

‘छिमेकमा भएपछि मिलेर बस्नुपर्छ भनेर हामीले गैरदलितकै क्याटरिङ ल्याएर मेस चलाएका थियौं तर हामी दलित भएका कारण समाजका अगुवाहरु भोजमा सहभागी हुनुभएन। त्यसैले उहाँहरुको पैसा फिर्ता दिइयो ।’ रामबहादुर विकले भने ।

२२ जनाबाट संकलित ६ हजार तीन सय ५० रुपैयाँ वडा अध्यक्षमार्फत फिर्ता गरेको बेहुलीका काका होम बहादुर विकले जनाए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...