अझै यस्तो छ समाज : दलितको विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता



हाम्रो इकोनोमि

 

आज प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा श्रीलंका शृंखलाबद्ध विस्फोटको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै नेकपाको एकता प्रकृयामा तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ ।

त्यस्तै संघ पछ्याउँदै गण्डकी प्रदेश शीर्षकमा अर्को समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ ।

तेस्रो पृष्ठमा नागरिक दैनिकले विवाहमा छुवाछुत र भेदभाव भएको समाचार प्रकाशन गरेको छ ।

अगुवाले दक्षिणा दिए, भोज खाएनन् शीर्षकमा प्रकाशित समाचारमा लेखिएको छ – रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिकाहरुले जातीय छुवाछुतको घटना दोहोराएका छन् ।

वैशाख ५ गते भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला बेहुलीलाई आशीर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट प्राप्त दक्षिणा फिर्ता गरेको थियो ।

रामबहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाईलीसँग विवाह भएको थियो ।

विवाहको निम्तो स्वीकार गरेर आएका २२ जना भोजमा सहभागी नभइ दक्षिणामात्रै बुझाएर फर्केकाले आफूहरुको अपमान भएको भन्दै आइतबार शुद्धोधन ४ का वडाअध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए ।

‘छिमेकमा भएपछि मिलेर बस्नुपर्छ भनेर हामीले गैरदलितकै क्याटरिङ ल्याएर मेस चलाएका थियौं तर हामी दलित भएका कारण समाजका अगुवाहरु भोजमा सहभागी हुनुभएन। त्यसैले उहाँहरुको पैसा फिर्ता दिइयो ।’ रामबहादुर विकले भने ।

२२ जनाबाट संकलित ६ हजार तीन सय ५० रुपैयाँ वडा अध्यक्षमार्फत फिर्ता गरेको बेहुलीका काका होम बहादुर विकले जनाए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...