पूर्ण यौन सन्तुष्टि दिन सक्नुभएको छैन ? यौनक्रिडाको बेला अव यसो गर्नुहोस्



 

हामी ‘चरमसुख’ (orgasm) मा पुग्ने बेला वीर्य स्खलन हुन्छ । यौनसम्पर्क सुरु गरेपछि वीर्य स्खलनको समयसम्म पुग्ने समय एकैनासको हुँदैन ।

जे भए पनि प्राय: सबैजसोले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् ।

अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्य स्खलन भएको स्थिति अर्थात शीघ्र स्खलन मान्न थालिएको छ ।

यस्तो स्थितिमा यौनसुख प्राप्त गर्न वा दिन कठिनाइ हुन्छ । जिज्ञासा हेर्दा तपाईंलाई शीघ्र स्खलनको समस्या भएको बुझिन्छ ।

 

 

शीघ्र वीर्य स्खलन के कारणले हुन्छ ?

पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो यो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन हुने भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएको भान पर्छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाईन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) ले समस्यालाई थप बढाउँछ । विरलै भए पनि केही psychotropic drug कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन ।

 

के उपचार गर्न सकिएला ?

आक्कल–झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा अनावश्यक चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ।

यौनसम्पर्क रोक्ने–सुरु गर्ने

यौनसम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रीडालाई नै रोक्ने र उत्तेजना केही कम भए पछि पुन:सुरु गर्ने ।

आसन परिवर्तन गर्ने

लोग्ने मान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।

लिंग अँठ्याउने

यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भएपछि पुन: यौनक्रिडा सुरु गर्ने ।

कन्डम प्रयोग गर्ने

त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिल्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

मांसपेशीको प्रयोग

पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

औषधीको प्रयोग

अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । Benzocaine तथा Lidocaine जस्ता औषधी भएका उत्पादन लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

वीर्य स्खलन नियन्त्रणको अभ्यास

दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भए पछि पुन: हस्तमैथुन गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौनसाथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने । आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरी यस्तो क्रियाकलापमा संलग्न हुने ।

अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई विस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । त्यसो गर्दा वीर्य स्खलन होला जस्तो भए यी क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय भै यौन सम्पर्क सुरु गर्ने अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौन सम्पर्कलाई अघि बढाउने । यो प्रक्रियमा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलननियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ ।

सन्तान उत्पत्तिमा समस्या पर्छ कि ?

यौनसम्पर्क नै गर्न सकिएन र वीर्य योनिमा पार्नै सकिएन भने एकहद सम्म सन्तान उत्पत्तिमा समस्या सिर्जना हुन्छ, तर वीर्य योनिमा स्खलन गर्न सकिएको स्थितिमा त्यसमा भएका शुक्रकीटले डिम्बलाई निसेंचित गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको