लगानी सम्मेलनको उपलब्धी, ३१ परियोजनामा २५ खर्बको लगानी प्रस्ताव



हाम्रो इकोनोमि

 

केहि समयअघि काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनको व्यवहारिक उपलब्धी देखिन थालेको छ । लगानी सम्मेलनकै असरका कारण नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् ।

 

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...