लगानी सम्मेलनको उपलब्धी, ३१ परियोजनामा २५ खर्बको लगानी प्रस्ताव



हाम्रो इकोनोमि

 

केहि समयअघि काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनको व्यवहारिक उपलब्धी देखिन थालेको छ । लगानी सम्मेलनकै असरका कारण नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् ।

 

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...