घरजाम गरेर नेपाल आएकी इन्डोनेसियन चेलीको बिचल्ली



हाम्रो इकोनोमि

 

सञ्जना चौधरी(४७)को हातमा एउटा रेकर्ड फाइल छ। फाइनभित्र छन्, अदालतका तारिख पत्र, नागरिकता, विवाहदर्ता र छोरीका पत्रहरु।  ‘कोही मेरो छोरी दिलाई देउ न’ आफूले भेट्ने जो कोहीलाई सञ्जनाले यही वाक्य सुनाउँछिन्। सिरहाको लहान नगरपालिका–१४ वस्तीपुरमा भेटिएकी उनी पटक-पटक छोरीकै कुरा दोहोर्‍याउँथिन्।

 

पाँच वर्षअघि श्रीमान संजिव चौधरीले छाडेर हिँडेपछि सासू–ससूराले सञ्जनालाई घर निकाला गरिदिए। उनकी छोरीहरु स्वस्तीका र विनिता सासू-ससूरासँग बसिहरेकी छन्। अहिले स्वस्तीका कक्षा ६ र विनिता कक्षा ४ मा पढ्दैछिन्।

सञ्जनाकी सासू सरस्वती चौधरी र ससूरा नकुल चौधरी हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७मा बस्दै आएका छन्। पाँच वर्ष बितिसक्दा पनि न श्रीमान, न त छोरी नै पाएपछि उनले जिल्ला अदालत धनुषामा महिला हिंसा, अंश, मिलापत्र बदरको मुद्दा दर्ता गराएकी छन्।

न्यायका पाउने आशामा सञ्जना दुई वर्षदेखि अदालत धाइरहेकी छन्। आज उनलाई फेरि अदालतले मिलापत्रका लागि बोलाएको छ। उनकी छोरीले सँगै बस्ने भन्दै पटक–पटक आमालाई पत्र लेख्ने गरेका छन्।

सञ्जना इन्डोनेसियामा जन्मिएकी हुन्। उनको नाम तितिक ईस्तयानी हो। नेपाल आएपछि उनको नाम फेरिएर सञ्जना भएको थियो। सन् २००६ मा नेपाली कामदारको रुपमा चौधरी मलेसिया गएका थिए। सञ्जना पनि इन्डोनेसियाबाट घरेलु कामदारको रुपमा मलेसिया आएकी थिइन्।

 

चौधरीसँग सम्पर्क बढ्दै जाँदा दुबैबीचको सम्बन्ध प्रेममा परिणत भयो। दुबैको प्रेम सम्बन्ध वैवाहिक बन्धनमा बाँधिन धेरै समय लागेन। एक वर्ष चलेको प्रेम सम्बन्धले दुबैलाई वैवाहिक बन्धनमा बाँधिदिने साइत जुरायो।
मलेसियामै वैवाहिक बन्धनमा बाँधिने तय गरेका दुबैले सन २००७ मा सञ्जनाको जन्मस्थल इन्डोनेसिया पुगे। र, इन्डोनेसियामा संजिवलाई मुस्लिम बनाएर दुबैजनाले सोही धर्म अनुसारको विवाह गरे।

विवाह गरेपछि संजिवको नाम फेरियो–सरिफ ओमर अबदुल्ला। उनीहरुले दुई महिना इन्डोनेसियामै बिताए। त्यसपछि संजिव फेरि मलेसिया फर्के। सञ्जनाले इन्डोनेसियामै छोरी स्वस्तीकालाई जन्म दिइन्।

 

००७ सेप्टेम्बर २९ मा जन्मेका उनको छोरी ४ महिना भएपछि सञ्जना श्रीमान भेट्न मलेसिया पुगिन्। उनी दुई महिना मलेसियामा पतिसँगै बसिन। र, फेरि छोरी लिएर उनी इन्डोनेसिया नै फर्किइन्।

सन् २००९ मा सबपरविार उनीहरु नेपाल फर्के। र, सबैजना जनकपुरमा आएर बस्न थाले। नेपाल फर्केपछि संजिव नेपाली नामबाट जनकपुरस्थित जिरोमाइलमा बस्न थाले। ईन्डोनेसियन श्रीमती सञ्जना ३ महिनाका लागि भ्रमण भिसामा आएकी थिइन। यही समयमा उनले सप्तरीबाट विवाह दर्ता र नागरिकता बनाइन। नागरिकतामा उनको नाम परिवर्तन भएर सञ्जना चौधरी भयो।

 

विवाह दर्ता र नागरिकता पाएकी सञ्जना सासु, ससुरा, देवर र नन्दसँगै बस्न थालिन, जनकपुरमा। ‘केही दिनपछि सासुले सबै कागजात चोरेर लुकाइदिइन्’ उनी भन्छिन्,‘घरबाट बाहिर पाइला टेक्न पनि दिएनन्।’

नागरिकतामा नाम फेरिएसँगै सञ्जनाका सुखका दिन दुखमा परिणत भए। पाँच वर्ष घरभित्र बस्दा उनले बाहिरी  संसारका कुरा जान्न सकिनन्। पीडा खेप्दै सञ्जनाले सन् २०१० मार्च ४ तारिखमा अर्की छोरी विनितालाई जन्म दिइन्।

 

सन् २०१४ अप्रिल ३० तारिखमा संजिव काठमाण्डौं अमिनको तालिममा गए। तर, फेरि फर्केर सञ्जनालाई अपनाउन आएनन्। ‘पति काठमाण्डौं गएको एक हप्ता नबित्दै घरमा सासु सरस्वती चौधरी र नन्द दुर्गा चौधरीले कुटपिट गरेर घरबाट निकालिदिए’ उनी भन्छिन्,‘छोरीलाई घरमै छोडेर श्रीमानलाई खोज्न काठमाण्डौंको त्रिपुरेश्वर पुगें। बिहारी महतोको घरमा श्रीमानसँग भेट भयो। सँगै दुई महिना बसें। त्यसपछि संजिवले सप्तरीको महुलीस्थित सानी आमाको घरमा मलाई पठाए तर, आफु फर्केर आएनन्।’

महुलीमै हुँदा सञ्जनाले इन्डोनेसियामा रहेको आफन्तबाट १ लाख ९७ हजार रुपैयाँ मगाइन्। उनीसँग पैसा भएको थाहा पाएपछि सासु, ससुरा र श्रीमान्ले जनकपुर बोलाए। उनीहरुले सञ्जनासँग त्यो पैसा मागे। पैसा दिन नमानेपछि उनलाई घरमा बस्न दिएनन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...