जडिबुटीको मिश्रणबाट आयुर्वेदिक अण्डा तयार गरिँदै, सेतो होइन गुलाबी रङको हुनेछ !



हाम्रो इकोनोमि

 

अण्डामा हुने प्रोटिन र अन्य पोषक तत्वका कारण डाक्टर अण्डाको सेवन गर्ने सल्लाह लिन्छन् । सामान्यतया अण्डालाई ननभेज (मांसाहार)को श्रेणीमा गनिन्छ । यसकारण धेरै व्यक्तिहरु यसको सेवन गर्दैनन् ।

अब मासिहरुलाई यो समस्याबाट मुक्ति दिनको लागि मेरठ कृषि विश्वविद्यालयका वैज्ञानिक जुटेका छन् । यी वैज्ञानिकहरुले छिट्टै बजारमा आयुर्वेदिक अण्डा आउने दावी गरेका छन् ।

मेरठको सरदार बल्लभभाइ पटेल कृषि विश्वविद्यालयका वैज्ञानिक आयुर्वेदिक अण्डा बनाउने काममा जुटेका छन् । विश्वविद्यालयको कुक्कुट अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. डिके सिंहका अनुसार यी अण्डा बनाउनको लागि कुखुरालाई खानामा जडिबुटीको मिश्रण दिइएको छ ।

त्यसैले यी अण्डालाई आयुर्वेदिक अण्डा भन्न सकिन्छ । सिंहका अनुसार यो प्रक्रियाबाट तयार हुने अण्डा सेतो नभइ गुलाबी रंगका हुन्छन् ।

डा. सिंहका अनुसार यी अण्डामा माछामा पाइने ३ फ्याटी एसिड हुन्छ । यसकारण यी अण्डा मस्तिष्क र मुटुका लागि निकै लाभदायक हुन्छन् । साथमा यी अण्डाको सेवनबाट एनिमिया र कुपोषणबाट पनि मुक्ति पाउन सकिन्छ ।

विश्वविद्यालयको ह्याचरीमा यी अण्डाको मूल्य १२ देखि १५ भारतीय रुपैयाँ राख्ने तयारी गरिएको छ । बजारका यी अण्डाको मूल्य २३ देखि २५ भारतीय रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...