जडिबुटीको मिश्रणबाट आयुर्वेदिक अण्डा तयार गरिँदै, सेतो होइन गुलाबी रङको हुनेछ !



हाम्रो इकोनोमि

 

अण्डामा हुने प्रोटिन र अन्य पोषक तत्वका कारण डाक्टर अण्डाको सेवन गर्ने सल्लाह लिन्छन् । सामान्यतया अण्डालाई ननभेज (मांसाहार)को श्रेणीमा गनिन्छ । यसकारण धेरै व्यक्तिहरु यसको सेवन गर्दैनन् ।

अब मासिहरुलाई यो समस्याबाट मुक्ति दिनको लागि मेरठ कृषि विश्वविद्यालयका वैज्ञानिक जुटेका छन् । यी वैज्ञानिकहरुले छिट्टै बजारमा आयुर्वेदिक अण्डा आउने दावी गरेका छन् ।

मेरठको सरदार बल्लभभाइ पटेल कृषि विश्वविद्यालयका वैज्ञानिक आयुर्वेदिक अण्डा बनाउने काममा जुटेका छन् । विश्वविद्यालयको कुक्कुट अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. डिके सिंहका अनुसार यी अण्डा बनाउनको लागि कुखुरालाई खानामा जडिबुटीको मिश्रण दिइएको छ ।

त्यसैले यी अण्डालाई आयुर्वेदिक अण्डा भन्न सकिन्छ । सिंहका अनुसार यो प्रक्रियाबाट तयार हुने अण्डा सेतो नभइ गुलाबी रंगका हुन्छन् ।

डा. सिंहका अनुसार यी अण्डामा माछामा पाइने ३ फ्याटी एसिड हुन्छ । यसकारण यी अण्डा मस्तिष्क र मुटुका लागि निकै लाभदायक हुन्छन् । साथमा यी अण्डाको सेवनबाट एनिमिया र कुपोषणबाट पनि मुक्ति पाउन सकिन्छ ।

विश्वविद्यालयको ह्याचरीमा यी अण्डाको मूल्य १२ देखि १५ भारतीय रुपैयाँ राख्ने तयारी गरिएको छ । बजारका यी अण्डाको मूल्य २३ देखि २५ भारतीय रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...