पार्टनरको यी आठ बानी- जसले वैवाहिक जीवन बर्बाद बनाउछ, यसरी ल्याउनुहोस् खुशी



 

 

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक पर्छ ।

हरेक जोडीलाई आफ्नो विवाह सफल होस् भन्ने चाहना हुन्छ । जसरी एउटा हातले ताली बजाउन सकिँदैन त्यसरी नै कुनै पनि सम्बन्धलाई एक्लै निभाउन सकिँदैन । श्रीमान् श्रीमती दुबैले एक–अर्काको भावना बुझेर, कमी कमजोरी अपनाएर, आफ्ना केही बानी परिवर्तन गरेर सम्बन्धमा विश्वास कायम गर्नुपर्छ ।

तर धेरैपटक जानी नजानी केही गलत बानीका कारण सम्बन्धमा रहनु सास रोकिएको जस्तो महसुस हुन्छ र सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । यो एउटा त्यस्तो सम्बन्ध हो जसको असर तपाईंको आफन्तमा पनि पर्छ ।

सम्बन्धलाई बलियो बनाउनका लागि पुरुषले आफ्नो कुन बानी परिवर्तन गर्नुपर्छ भन्ने कुरा थाहा पाऔं ।

१)समयलाई ध्यान दिनुहोस्

विवाहित र अविवाहित जीवन निकै फरक हुन्छ । विवाह अघि साथीहरुसँग घर बाहिर निकै समय बिताउनुहुन्थ्यो होला तर विवाह पछि तपाईंले समयलाई विशेष ध्यान दिनुपर्छ । विवाह गरिसकेपछि पनि तपाईं पहिलेको झैं लेट वा अल नाइट पार्टी गर्नुहुन्छ भने यसले तपाईंहरुबीच झगडा निम्त्याउन सक्छ । साथीलाई पनि समय दिनुहोस् तर श्रीमतीलाई पनि तपाईंले समय दिनैपर्छ । आफ्नो समयलाई व्यवस्थित गर्नुहोस्, तपाईं कहिले घर फर्कनुहुन्छ वा कोसँग जाँदै हुनुहुन्छ भनेर श्रीमतीलाई पक्कै जानकारी दिनुहोस् । यसो गरे सम्बन्धमा विश्वास बढ्छ ।

२)घरको काममा हात बढाउनुस्

यदि तपाईं श्रीमतीलाई घरको काममा सहयोग गर्नुहुन्छ भने यसलाई तपाईं दुईवटा फाइदा पुर्याउँछ । पहिलो त तपाईंको श्रीमातीको नजरमा इज्जत बढ्छ र दोस्रो, यस्तो गरेर तपाईंहरु एक–आपसमा धेरैभन्दा धेरै समय बिताउन सक्नुहुन्छ । किनभने यदि श्रीमतीमाथि परिवारको सबै कामको जिम्मेवारी हुन्छ भने उनले तपाईंलाई उचित समय दिन पाउने छैनन् । सम्बन्धलाई थोरै रोमान्टिक र बलियो बनाउनका लागि श्रीमतीलाई घरको काममा सघाउनुहोस् । उनीहरु बिरामी हुँदा हेरबिचार गर्नुहोस्, उनको कामको जिम्मेवारी तपाईंले पूरा गर्नुहोस् ।

३)तारिफ गर्न नबिर्सनुहोस्

विवाह अघि पुरुषले महिलाको निकै तारिफ गर्छन्, तर विवाह पछि भने श्रीमान श्रीमतीको तारिफ गर्न कञ्जुस्याइँ गर्छन् । जसका कारण सम्बन्ध बोरिङ लाग्न थाल्छ । श्रीमतीले पनि आफूलाई श्रीमानले पहिलेको झैं माया नगर्ने जस्तो लाग्छ त्यसकारण श्रीमतीको तारिफ गर्न कुनै पनि मौका नछुटाउनुहोस् । मौका पाउनेबित्तिकै उनको तारिफमा दुई शब्द खर्च गर्नुहोस् । यसले उनलाई खुसी दिनेछ ।

४)श्रीमतीलाई प्रभावित गराउनुहोस्

यदि तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई सुरुवाती दिन झैं रोमान्टिक बनाउन चाहनुहुन्छ भने श्रीमतीलाई प्रभावित गराउने मौका नगुमाउनुहोस् । अर्थात्, विवाहपछि पनि श्रीमतीलाइ विशेष महसुस गराउनुहोस्, उनलाई सरप्राइज दिनुहोस् । कहिलेकाँही उनलाई मन परेको कुरा उनले नभनीकनै ल्याइदिनुहोस्, उनलाई घुमाउन लैजानुहोस् । यस्तो गरे तपाईंहरुको सम्बन्धमा मिठास बढ्नेछ ।

५)लत

चुरोट र रक्सी खाने बानीलाई मात्र लत भनिँदैछ । सोसल मिडियामा वा फोनमा घण्टौंसम्म साथीसँग कुरा गर्ने, गेम खेल्नेजस्ता लतले पनि तपाईंको सम्बन्ध तोड्ने काम गरेको हुन्छ । तपाईंको यी सबै बानीका कारण तपाईंले श्रीमतीलाई वास्ता गर्न छोड्नुहुन्छ । वास्ता नगरेपछि तपाईंहरुबीच दुरी बढ्छ । एकपटक सोच्नुहोस् त, यदि तपाईंकी श्रीमती दिनभरी आफ्नो व्यस्त हुने र राती टिभी वा ल्यापटपमा व्यस्त भएर बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो मोबाइल खोज्न थाल्छिन् भने तपाईंलाई कस्तो लाग्ला रु त्यसकारण उनको ठाउँमा आफूलाई राखेर हेर्नुहोस् र सम्बन्धमा दरार पैदा गर्ने कुनै पनि बानी वा लत छुटाउनुहोस् ।

६)मनको कुरा बताउने

हरेकको जीवनमा विवाह अघि वा पछि यस्ता कोही व्यक्ति हुन्छन् जसलाई उसले हरेक कुरा बताएको हुन्छ । ती व्यक्ति तपाईंको साथी, आमा–बुवा वा परिवारका कुनै सदस्य हुनसक्छन् । तर तपाईंको यो बानीले तपाईंको पार्टनरसँगको सम्बन्ध खराब गर्न सक्छ । आफन्तसँग कुरा बाँड्नु राम्रो कुरा हो तर यसको अर्थ तपाईंले आफ्नो वैवाहिक जीवनका कुरा पनि उनीसँग सेयर गर्ने होइन । तपाईंले यस्तो गर्नुभयो भने श्रीमतीलाई नराम्रो लाग्न सक्छ । यस्तो गरेर तपाईंले उनको विश्वास गुमाइरहेको हुनसक्छ । यदि तपाईं श्रीमतीबारे हरेक कुरा जान्न चाहनुहुन्छ भने तपाईंले पनि उनलाई आफ्नो सबै कुरा बताउनुपर्छ । तपाईं के गरिराख्नुभएको छ, तपाईंको जीवनमा के चलिरहेको छ, आदि इत्यादि ।

७)एक अर्कालाई सम्मान दिनुहोस्

यदि तपाईं आफूलाई श्रीमतीले सम्मान देओस् भन्ने चाहनुहुन्छ भने त्यसको बदलामा तपाईंले पनि उनलाई सम्मान दिनुपर्छ । उनीमाथि तपाईंले कुनै पनि निर्णय थुपार्नु हुँदैन । श्रीमतीको निर्णयको सम्मान गर्न सिक्नुहोस् । तपाईं र श्रीमतीको विचार भिन्न हुनसक्छन् । उनका केही निर्णय तपाईंको नजरमा गलत लाग्न सक्छ । तर यस्तोमा आफ्नो कुरालाई सही वा उनको गलत भनेर ठहराउनु गलत साबित हुनेछ । तपाईं आरामपूर्वक यस्तो मसलामा कुरा गरेर समझदारीपूर्वक कुरा सुल्झाउनुहोस् । किनभने यस्तो कुराले तपाईंको सम्बन्धमा सिधा असर पार्न सक्छ । श्रीमतीलाई परिवार वा अन्य व्यक्तिको अगाडि कहिले पनि तल देखाउने कोसिस नगर्नुहोस् । यस्तो गरेर उनको सम्मानमा ठेस लाग्नसक्छ ।

८)कमीकमजोरी

सम्बन्धको डोरी निकै कमजोर हुन्छ । जसलाई तोड्न निकै सजिलो र जोड्न त्यति नै मुश्किल छ । जब दुई व्यक्ति सँगै बस्न थाल्छन् भने उनीहरुलाई एक–अर्काको गुण र अवगुण दुबै थाहाहुन्छ । तर तपाईं कमीलाई चाँडै स्विकार गर्न सक्नुहुन्न । यस्तोमा हरेक कुरामा तपाईं आफ्नो पार्टनरको कमी केलाउन थाल्नु सही होइन । कमी देखाउँदै श्रीमतीलाई तथानाम भन्न तपाईं पछि हट्नुहुन्न तर के श्रीमतीको राम्रो कुरामा उनको तारिफ गर्नुहुन्छ रु यदि होइन भने यो कुराले तपाईंको जीवनमा तनाव पैदा गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस