हातखुट्टा बाँधेर डकैती गर्ने ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंको रानीबारीमा गत २६ चैतमा भएको डकैती घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरेको छ । घटनामा संलग्न चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ पक्राउ परेका हुन् ।

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

 

उनका अनुसार पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।

 

‘जुटको डोरीले बाँधेर कोठामा रहेको दराज फुटाई तोडफोड गरेर गरगहना र नगदसहित गरी ५ लाख ६० हजार बराबरको धनमाल लुटपाट भएको थियो’, सिंहले भने । प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा२ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...