विश्व इतिहासको अर्को डरलाग्दो बम विष्फोट, १२९ जना मारिए तीन सय बढी घाइते !



हाम्रो इकोनोमि

 

श्रीलंकामा चर्च र होटलमा आक्रमणमा ठुलो धनजनको क्षति भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था दैनिक भास्करका अनुसार, यी धमाकामा कम्तीमा १२९ जनाले ज्यान गुमाएका छन् भने ३ सय बढी घाइते भएका छन् ।

राजधानीको शांग्रीला होटल, किंग्सबरी होटल र सिनमन ग्रान्ड होटलमा पनि बम विष्फोट गराइएको छ ।

घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्च लगायतमा बम विस्फोट भएको हो ।

इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको जनाइएको छ ।

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...