श्रीलंकाका चर्च र पाँचतारे होटलमा बिस्फोटमा कम्तीमा १०० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

श्रीलंकामा आइतबार बिहान भएको बम विष्फोटमा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।

घटनामा २०० जनाभन्दा बढि घाइते भएको बिबिसीले जनाएको छ । कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा आइतवार बिहान विस्फोटनहरू भएका थिए।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ। आक्रमणहरूको कसैले जिम्मा लिइसकेको छैन।

श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...