पुरुष बिना महिलालाई केही फरक पर्दैन तर,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ!



 

पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

 

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन ।

शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसारमा लि· भेद किन भएको होला ?संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ ।

जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् ।

पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ?पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ ।

पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ ।

पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।

पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् ।

नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् ।

पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु