निकसँग सम्बन्धबिच्छेदको खबरबीच प्रियङ्काले सेयर गरिन् यस्तो तस्विर



हाम्रो इकोनोमि

 

प्रियङ्का चोपड़ा र निक जोन्सको सम्बन्धबिच्छेदको खबरबीच प्रियङ्का चोपड़ाले आफ्नो एक फोटो जोन्स परिवारसँग साझा गरेकी छन्।

उक्त फोटोलाई प्रियङ्काले आफ्नो सोशल मिडिया अकान्टमा सेयर गरेकी छन्। फोटो सेयर गर्दै प्रियङ्काले क्याप्सनमा लेखेकी छन्, ‘पहिलोपटक म जोन्सब्रदर्सको कन्सर्टमा आएको छु।’

साथै ह्यासट्याग फेमिली र लभसँग यो फोटो सेयर गरेकी छन्।

प्रियङ्का चोपड़ा र निक जोन्सले पछिल्लो वर्ष दिसम्बरमा जोधपुरमा विवाह गरेका थिए।

यी दुईको विवाह भएको केवल चार महिना बितेको छ, तर यति छोटो समयमै सम्बन्ध बिच्छेदको खबर प्रकाशमा आउन लागेको छ।

एक इन्टरनेशनल पब्लिकेशनको रिपोर्टका अनुसार प्रियङ्का र निकले सम्बन्धबिच्छेद गर्दैछ।

रिपोर्टका अनुसार यी दुई स–साना कुरामा घरी घरी बाझाबाझ गर्न थालेका छन्।

 

सम्बन्ध गाँसिएपछि हतार हतार विवाह गरेका यी दुईले अहिले हतारोको परिणाम पनि झेल्न थालेका छन्।

जानकारीका अनुसार सम्बन्धबिच्छेदको कारण प्रियङ्काको रिसाहा स्वाभाव हो।

यद्यपि प्रियङ्काका प्रतिनिधिले प्रियङ्का(निकको सम्बन्धबिच्छेदको खबरको खण्डन गरेका छन्। ती प्रतिनिधिले यस्तो खबरलाई अफवाहको संज्ञा दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...