को हुन् ? पटक–पटक तपाईसँग माफ माग्ने यी दुई महिला



हाम्रो इकोनोमि

 

माफी दिनुस् या नदिनुस् तर तपाईसँग दिनदिनै कसैले माफ मागिरहेको हुन्छ । अरु केही शब्द बोल्दैनन् केवल माफ माग्छ र आफ्नो वाक्य टुंग्याउँछ ।

नेपाल टेलिकम वा एनसेलमा फोन नलाग्दा तपाईसँग बारबार माफ माग्ने यी दुई महिला हुन्– भूमिका थापा शाह र सुबानी मोक्तान ।

 

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ । यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन् । तपाईँले फोनमा सुनिरहने आवाज उनीहरुको नै हो ।

 

नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन् । भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन् ।

 

‘फोन नलागेको बेलामा मेरै आवाज आउँछ, टेलिकम सम्बन्धी केही सूचना लिनुपर्ने भयो मैरै आवाज आउँछ । कतिपय अवस्थामा मेरो आवाज सुन्दा कतिजना दिक्क हुनुभएको हुन्छ’, भुमिका भन्छिन्, ‘मैरै आमा पनि कहिले काहीँ भुमिका जी फोन लगाईदिनुहोस् न भनेर जिस्किनु हुन्छ मलाई मज्जा लाग्छ ।’

कहिले काहीँ आफुले फोन गर्दा आफ्नै आवाज सुन्दा आफैलाई वाक्क लाग्ने गरेको भुमिकाको अनुभव छ ।

‘कहिले काँही म आफैपनि दिक्क भाको हुन्छु । सायद सबैलाई त्यस्तै हुन्छ होला । कहिले काँही आफैले कसैलाई फोन गर्दा आफ्नो आवाज सुन्दा वा इन्ट्रक्सन दिएको सुन्दा रममाइलो पनि लाग्छ तर नकाटेसम्म त्यही बजेको बजै गर्दा भने दिक्क नै लाग्छ’, सुबानी आफ्नै अनुभव सुनाउछिन् । –श्रोत बीबीसी

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...