प्रधानन्यायाधीशमाथि नै लाग्यो यौन उत्पीडनको आरोप



हाम्रो इकोनोमि

 

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् ।

शनिबार नै तीन न्यायाधीशको बेञ्च बसेको छ । गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा अवकासको मितिबारे छलफल भएको बताइएको छ ।

 

प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ । उनको दाबी छ कि यदि न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।

 

बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुपि्रम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ ।

 

भारतको सुप्रिम कोर्टले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे रिपोर्टिङ गर्दा संयम र समझदारी कायम राख्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...