राष्ट्रपति भण्डारीको वैशाख ११ गतेदेखि चीन भ्रमण, यस्ता छन् योजना



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्नु हुने भएको छ । चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

भ्रमणका क्रममा राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको द्विपक्षीय वार्तामा सहभागी हुनुका साथै वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेट गर्नुहुने छ । उहाँले बेइजिङमा आयोजना हुने नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुहुने छ । राष्ट्रपति भण्डारीले सान्ची प्रान्तको राजधानी सिनयान, चीनको स्वशासित क्षेत्र तिब्बतलगायतको भ्रमण गर्नु हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

 

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...