फेसबुक प्रेमले यसरि लियो गुल्मीकि निशाकाे ज्यान। पुरा पढ्नुहाेस



हाम्रो इकोनोमि

 

गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान फाल्न बाध्य भएकी छन् ।

लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम गराई दिएपछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती निशा वस्नेतले आफ्नो घर मै गलामा चुङ्गीको पासो लगाएर ज्यान फालेकि हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर तोलाङ्ग निवासी बस्नेत सदरमुकाम तम्घासमै वसेर रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्यान गर्दै आएकी थिईन् ।

उनले ज्यान हाल्न वाध्य गराउने सिमिचौर आँमडाँडा कल्लेरी गाउँका युवा दिपक पाण्डे भएको परिवारजनले आरोप लगाएका छन् ।

मृतकका दाजु भरतबहादुर बस्नेतले निज पाण्डेलाई ईङ्गित गर्दै उनले वहिनीलाई फेशवुकमा ज्यान मार्ने सम्मको धम्की दिएको र हिजो मात्र वहिनीको नाममा फेशवुक आईडि बनाएर कभरफोटो वहिनी संगै उनि आफु वसेको राखी बदनाम गरेको बताए ।

उनले आज त्यसवारे अनुसन्धान र छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका छन् ।
ज्यान दिन्छु भन्नेले नै ज्यान फाल्ने बनाए

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...