साप्ताहिक राशिफल : बैशाख ७ देखि १४ सम्म कुन राशिको चम्किदैछ भाग्य, कसको खराब समय



हाम्रो इकोनोमि

 

 

१, मेषः जमीनसम्बन्धी कारोबार शुभ देखिएको छ । वैदेशिक रोजगारीको लागि अवसर जुट्नेछ । पढाइमा रुचि बढनेछ । पुरानो मित्रको आगमनले मन हर्षित होला । साताको कार्य सफल रहनेछ ।

२, वृषः केही शत्रु बाधाको योग बनेको छ । पुराना मित्रहरूको सहकार्यबाट खासै लाभ देखिंदैन । घरपरिवारमा माया र सदभाव बढ्नेछ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्ने योग छ ्र सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ ।

३, मिथुनः सामाजिक कार्यमा सहभागी भइनेछ । पश्चिम दिशाको यात्रा शुभ देखिन्छ । आफ†नो क्षेत्रमा कार्य गर्दा विचारले निर्णय लिनुहोला । विद्यार्थीहरूको लागि यो साता शुभ छ । सहयोगीबाट काम लिन सकिनेछ । पारिवारमा खुसी मिल्नेछ ।

४, कर्कटः विद्यार्थीका लागि अध्ययनशील समय रहेको छ । यात्रारत दिनचर्याबाट खुसी मिल्नेछ । सवारी साधनको क्रययोग रहेको छ । स्वक्षेत्रमा बाधा देखिएको छ, जसले केही दुःख भोग्नु पर्छ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ ।

५, सिंहः पारिवारिक सदस्यहरूबीच शुभ सम्बन्ध रहनेछ । सवारीको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । साताको अन्त्यमा मानसिक तनाव बढ्ने देखिन्छ । घरपरिवारमा नयाँ शुभ कार्य सम्पन्न हुनेछ । उन्नतिको समय रहेको छ ।

६, कन्याः अध्ययनमा सफलता मिल्नेछ । सम्मान मिल्नेछ । परिवारमा सामान्य मनमुटाव उत्पन्न हुने योग रहेकोछ । कार्ययात्रामा सामान्य समस्याको सामना गर्नुपर्ने देखिन्छ । प्रेमीबाट सम्बन्धमा केही बाधा आउनसक्छ, विचार गर्नुहोला ।

७, तुलाः विद्यार्थीका लागि अध्ययनमा अवरोध पैदा हुने समय रहेको छ । अग्रजको सल्लाहमा काम गरेमा सफलता मिल्नेछ । वैदेशिक रोजगारबाट शुभ फल मिल्ने देखिन्छ । वैवाहिक जीवनमा सफलताको योग रहेको छ ।

८, वृश्चिकः गरिरहेको कार्यबाट सोचेअनुसारको फल मिल्नेछ । साथीभाइबाट आर्थिक सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ । ढाडसम्बन्धी समस्याले सताउन सक्छ । प्रेममा धोकाको योग बने पनि वैविवाहिक सम्बन्ध शुभ रहेको छ ।

९, धनुः साझेदारीको व्यावसाय उत्ति लाभदायक देखिंदैन । यो साता सकेसम्म सवारीको प्रयोग नगर्नु नै उचित देखिन्छ । दाम्पत्य तथा पारिवारिक सम्बन्ध राम्रो छ । सामान्यतया आर्थिक व्ययभारमा केही वृद्धि हुनेछ ।

१०, मकरः जमीनसम्बन्धी कारोबारमा खर्च अधिक हुनेछ । साताको अन्त्यमा आथिर्क पक्ष केही मात्रामा सबल बन्नेछ । परिवारबाट सहयोग मिल्नेछ । विदेरमा रहेका स्वजनको दुख र अर्थव्यय हुने समय छ । प्रेम सम्बन्ध सामान्य रहेको छ ।

११, कुम्भः आफ्नै साथीहरूले काममा बाधा पुर्याउने छन् । पेटसम्बन्धी रोगले सताउन सक्छ, खानपानमा विशेष ध्यान पुर्याउनुहोला । विद्यार्थीका लागि अध्ययनशील समय रहेको छ । आत्मबल, जोस र जाँगरमा वृद्धि हुनेछ ।

१२, मीनः सानो काम लिन पनि अधिक मेहेनत गर्नुपर्ने देखिन्छ । आँखा तथा दाँतको समस्याले सताउन सक्छ । अध्ययनमा शुभ समय रहेको छ । विदेश यात्राको योग छ । सन्तान सुखको योग बनेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...