पुरै देश अचानक रणभूमीमा परिणत : धर्मनिरपेक्षता बिरुद्ध उत्रिएकामाथी देशभरी नै प्रहरीको आक्रमण



हाम्रो इकोनोमि

 

 

आज देशका विभिन्न ठाँउ अचानक रणभूमीमा परिणत भएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरी नै धर्मनिरपेक्षता बिरुद्ध प्रर्दशन गरेपछि अधिकांश ठाँउमा नेपाल प्रहरीले हस्तक्षप गरेको छ ।

प्रहरी हस्तक्षपमा विभिन्न ठाँउमा झडप भएको खबर आएको छ ।

मकवानपुरको सिमा चोकमा भएको प्रर्दशनमा प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीको आक्रमणबाट जिल्लाका नेता कृष्ण बिडारी र कृष्ण खुलाल घाईते भएको मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीले जानकारी दिए ।

यसैगरी धर्म निरपेक्षताका व्यानर प्लेकार्ड जलाउने आन्दोलनका क्रममा नै रूपन्देहीमापनि प्रहरीले हस्तक्षप गरेको छ । त्यहाँ निरपेक्षताको ब्यानर र प्ले–कार्ड जलेको छ ।

उक्त हस्तक्षपमा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा सामान्य घाईते भएको जनाइएको छ । देशभरी नै भएको प्रदर्शनमा अधिकांश ठाँउमा प्रहरीले हस्तक्षप गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...