सुन्दा पनि अचम्म लाग्ने चलनः श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक स्वागत



 

संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ । यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ ।

 

भर्खरैमात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतीलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ । रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गएपनि बुधबार एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार भएको हो ।

 

साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।

घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् ।

 

नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे । श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् ।

 

अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् ।

 

श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ । साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।

 

सनसनीपूर्ण ‘किस’, जसले मच्चायो तहल्का

 

अंग्रेजीमा किस, नेपालीमा चुम्बन । अझ ठेट शब्दमा भन्नु पर्दा ‘म्वाईं ’ । यहाँ चर्चा गर्न लागिएको किस अर्थात म्वाईं बलिउडका अभिनेता र अभिनेत्रीको बिषयमा हो । यस्ता केही ‘हट किस सिन’ को चर्चा यहाँ गरिएको छ जसले ‘किस’ खानेलाई मात्र होइन पूरै बलिउड बजार नै ततायो ।

विपाशा बसु र क्रिस्टियानो रोनाल्डो

हाल युभेन्टस क्लबमा स्ट्राइकर रहेका पोर्चुगिज फुलबल खेलाडी क्रिस्टियानो रोनाल्डोले बलिउड एक्टर बिपाशा बसुलाई सबैको सामुन्ने किस गरेका थिए । उनले गरेको किसले भारतीय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो। क्रिस्टियानो र बिपाशाबीचको त्यो किस यति विवादित बन्यो कि त्यसपछि जोन अब्राहमले बिपाशासँग ब्रेकअप नै गरिदिए ।

राखी र मिका सिंह

सन् २००७ सालतिरको हो। राखी सावन्त मिका सिंहको बर्थडे पार्टीमा सहभागी भएकी थिइन् । त्यहाँ उनलाई मिकाले जबरजस्ती किस गरेका थिए। त्यो किस कान्ड निकै विवादित बन्यो । आपसमा विवाद समाधान नभएपछि किस काण्ड पुलिससम्म पुगेको थियो।

 

महेश भट्ट र पूजा भट्ट

फिल्म निर्माता तथा निर्देशक महेश भट्टको जीवन प्रायः विवादमै रह्यो। उनी एक पटक आफ्नै छोरी पूजा भट्टलाई किस गरेका कारण विवादमा तानिए । धेरै पहिले स्टारडस्ट म्यागेजिनका लागि उनले पूजासँग ओठ जोडिएको सिन दिनुपर्ने थियो। यो तस्बिर म्यागेजिनको कभरमा छापिएको थियो। यो फोटो विवादमा आउनुको मुख्य कारण थियो महेशले उक्त तस्बिरमाथि गरेको कमेन्ट। महेशले भनेका थिए, ‘यति पूजा मेरी छोरी नभएको म उसँग बिहे नै गरिदिन्थें।’

 

दीपिका पादुकोण र सिद्धार्थ माल्या

२०१३ सालतिर दीपिका पादुकोण पनि किस सिनका कारण विवादमा थिइन्। सिद्धार्थ माल्यासँग किस गरेका कारण दीपिका विवादमा तानिएकी थिइन्।
त्यो समयमा आइपिएल रोयल च्यालेन्जर्स बेग्लोर र कोलकाता नाइट राइडर्सबीचको म्याच चलिरहेको थियो। दीपिका र सिद्धार्थ सँगै बसेर म्याच हेरिरहेका थिए। जब रोयल च्यालेन्जर्सले म्याच जित्यो सिद्धार्थले दीपिकालाई समातेर किस गरे। त्यो किसपछि उनीहरु विवादमा तानिएका हुन् । हाल दीपिका रणबीर सिंहकी पत्नी हुन् । उनको क्रिकेटर युवराज सिंहसंग पनि लामो समय अफेयर्स चलेको थियो ।

 

लिना चन्द्रावरकर र राम जेठमलानी

राम जेठमलानी भारतका चर्चित वकिल हुन्। सन् २०१५ मा उनी एक अवार्ड फङ्सनमा सहभागी थिए। सोही कार्यक्रममा चर्चित अभिनेत्री लिना चन्द्रावरकर पनि सहभागी थिइन्। उक्त समारोहमा ककिल जेठमलानीले चन्द्रावरकरसँग हट लिप किस गरेका थिए। जुन किसको चर्चा निकै पछिसम्म पनि हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने