विवादित दफा खारेज नभएसम्म महासंघले आन्दोलन नरोक्ने, गिरि रिहा



हाम्रो इकोनोमि

 

नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म नेपाल पत्रकार महासंघले आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । बिहीबार सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

 

पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ मा टेकेर मुद्दा चलाएपछि अहिले देशभरका पत्रकारहरु आन्दोलनमा छन् । प्रेस काउन्सिलमा दर्ता रहेको ताण्डब न्यूज डटकममा प्रकाशित समाचारलाई विद्युतीय कारोबार ऐनको सो दफाको आधारमा मुद्दा चलाएपछि आन्दोलित पत्रकार महासंघको केन्द्रीय टोलीले पटक पटक यो दफाका कारण पत्रकारहरु समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा पुग्ने गरेको भन्दै यस दफालाई नै खारेज गर्न माग गरेको हो ।

 

ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री बाँस्कोटाले अब यसरी पत्रकारहरुलाई विद्युतीय ऐन मार्फत् मुद्दा नचलाईने भन्दै हिरासतमा रहेका गिरिको बारेमा पनि अदालतले बिहीबार नै फैसला गरेपछि बिहीबार नै उनी छुट्ने सम्भावना रहेको बताएका छन् । ज्ञापनपत्र बुझाउन गएको पत्रकारको टोलीमा महासंघका महासचिव रमेश विष्टले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...