फेरि अर्को बज्रपात !! हावाहुरीसँगै आएको चट्याङले ४१ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

फेरि अर्को बज्रपात !! हावाहुरीसँगै आएको चट्याङले ४१ जनाको मृत्यु #RIP लेखी सेयर गरौ

भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ भने सैयौँ घाइते भएका छन् ।

गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेखेको छ ।

अरु तीन–चार दिन यस्तै हावाहुरी आउने भारतीय मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यहाँका अधिकारीहरुका अनुसार बुधबार साँभसम्म यस्तै अवस्था रहने र त्यसपछि भने मौसममा सुधार आउने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हावाहुरीबाट मृत्युहुनेहरुप्रति श्रद्धान्जली र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।

यसको अलावा प्रधानमन्त्री राहत कोषमार्फत मृतकका परिवार र घाइतेहरुको सहयोग गर्न अनुरोध गर्नुभएको छ । साथै प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई जनही २ लाख र घाइतेका परिवारहरुको लागि ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...