प्रक्राउ परेको रकम फरक परेपछि स्थानीय र प्रहरीबीच विवाद



हाम्रो इकोनोमि

 

प्रहरीले बरामद गरेको रकम कम देखिएपछि तनाब भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका– २ का केशव भुललाई पक्राउ गरेको हो ।

पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

डोटी प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनामा आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भैरहेको छ ।’

तर राष्ट्रिय जनमोर्चाका नेता तथा स्थानीय मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले ४ लाख ६० हजार बरामद गरेको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रहरीको टोली आएर भुलको घरमा खान तलासी गरेर ४ लाख ६० हजार रुपेयाँ लगेको हो, अहिले ४ लाख ३१ हजार रुपैयाँ मात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ?।’

प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेपछि अहिले यो विषयमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...