कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव



हाम्रो इकोनोमि

 

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ ।

बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो ।

बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताए ।

जिल्लामा विभिन्न सडकखण्ड हुँदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उनको भनाइ थियो ।

स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने भएकाले यसबाट सजग हुन आग्रह गरे ।

प्रजिअ दुर्गा बञ्जाडेले सो कार्यक्रममा गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले नाका नाकामा पनि कडाइ गर्नुपर्नेमा जोड दिए ।

कार्यशालामा जुम्ला जिल्लालाई उक्त रोगको प्रकोपबाट बचाउन सरोकार पक्ष सबैले उच्च सतर्कता अपनाउनुपर्ने तथा स्थलगत तथा हवाई मार्गबाट जिल्लामा भित्रिने पन्छी तथा पन्छीजन्य पदार्थको निगरानीका लागि स्थानीय तहमा कार्यरत प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लासँग समन्वय हुने गरी इलाका प्रहरी चौकी रारालिही र विमानस्थलमा सुरक्षा निकायलाई परिचालन गरिनुपर्नेमा जोड दिइएको थियो । ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...