नायिका सुहानाको छातीमा सर्वसाधारणको मोबाइल नम्बर, जथाभावी फोन आएर हैरान !



हाम्रो इकोनोमि

 

चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८… मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या ! प्रेम’ पनि लेखिएको छ ।

चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छातीमा लेखेको नम्बर तामाङको रहेछ ।

चलचित्रमार्फत् मोबाइल नम्बर प्रचारप्रसार भएपछि उनी अहिले तनावमा छन् ।

सामान्य जीवनयापन गरिरहेका तामाङ कामको सिलसिलामा कहिले काभ्रे त कहिले काठमाडौं गरिरहन्छन् ।

बिहीवार लोकान्तरसँग आफ्नो गुनासो राख्दै तामाङले नायिकाको छातीमा आफ्नो नम्बर लेखिएकाले आफू तनावमा रहेको बताए ।बिहान, दिउँसो र मध्यरातमा समेत उनलाई फोन आउने गरेको छ ।

‘कतिपयले मात्तिदै फोन गर्ने गरेका छन्, यसले मेरो पारिवारिक जीवनमै असर गरेको छ,’ तामाङले भने, ‘मेरो नम्बर हिरोइनको छातीमा भएकै कारणले मलाई धेरै तनाव दिएको छ ।’

अपाच्य शब्द समेत सुन्नुपर्दा …

एक रात तामाङ खाना खाएर सुत्ने तरखरमा थिए । अपरिचित नम्बरबाट फोन आएछ । फोन उनको पत्नीले उठाइन् । हेल्लो भन्नासाथ उताबाट अपाच्य शब्दहरू प्रयोग भए । उनकी पत्नीले केही सोच्नै सकिनन् ।

तामाङ पत्नीले गलत नम्बरबाट फोन आयो होला भन्ने सोचिन् । तर फोन गर्ने मान्छेले यही नम्बरमा गरेको हो भनेपछि उनले तामाङलाई बोलाइन् । उताबाट मात्तिएको स्वरमा बारम्बार अपाच्य शब्द सुनेपछि फोन काटेर दुवै हैरान भए । ‘मैले मेरो पत्नीलाई सम्झाएँ,’ तामाङले भने ।

नम्बर भान्जीको नाममा

‘म वैदेशिक रोजगारमा गएको बेलामा सन् २००८ तिर हो कि त्यतिबेला सीम लिन मरिहत्ते गर्नुपर्थ्यो । मैले भान्जीलाई मेरो लागि एउटा सीम लिइदेउ भनेको थिएँ । अहिलेसम्म उनकै नामको सीम चलाइरहेको छु,’ उनले भने ।

कानूनी कारवाहीका लागि आफूले केही नजानेको तामाङ बताउँछन् । ‘कहाँ गएर के गरूँ ? मलाई केही थाहा छैन,’ तामाङले गुनासो गरे, ‘ममाथि परेको मानसिक तनावको क्षतिपूर्ति कसले दिन्छ ?’ चलचित्र निर्माण समूहको असावधानीले सर्वसाधारणको नम्बर प्रचारप्रसार हुँदा तनाव खेप्नुपरेको छ ।

‘भेट्न खोजें तर मलाई वास्ता गरेनन्’

चलचित्र ए मेरो हजुर ३ का टीमलाई आफूले भेट्न चाहेको तामाङले बताए । ‘एक पटक उनीहरूलाई भेट्न म कुमारी हलमा पनि पुगेको थिएँ,’ तामाङले भने, ‘मैले आफ्नो कुरा राख्न खोजें तर उनीहरूले वास्ता गरेनन् ।’ इन्टरनेटको खासै प्रयोग नगर्ने तामाङले आफ्नो फेसबूक एकाउन्ट त भएको तर नचलाएको बताए । उनले चलचित्रमा विना स्वीकृति आफ्नो नम्बर प्रयोग भएको रहेछ भनेर साथीबाट थाहा पाएका थिए । फिल्म हेर्दा नायिकाको छातीमा आफ्नो नम्बर देखेर चकित बनेको उनले बताए ।
यस्तो प्रवृत्तिमाथि कानूनी कारवाही हुनुपर्ने तामाङ बताउँछन् । तर कहाँ कसरी गएर उजुरी गर्ने भन्ने उनलाई थाहा छैन । ‘१–२ जना वकिलसँग पनि कुरा गरें,’ उनले भने, ‘तर उनीहरूले तपाईले यसो गर्नुभयो भने उनीहरूलाई ठूलो घाटा हुन्छ नगर्नुस् भन्ने सुझाए ।’ यस विषयमा चलचित्र निर्माण समूहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...