भुस्याहा कुकुरलाई खाना खुवाउँदा पौने ६ लाख जरिवाना



हाम्रो इकोनोमि

 

जनावरहरुलाई खाना खुवाउने कतिपय मानिसहरुको शौख नै हुन्छ ।

जनावर प्रेमीहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् ।

तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना भएको छ ।

यो घटना भारतको मुम्बइस्थित कान्दीवालीको हो । स्थानीय निसर्ग हेभेन सोसाइटी परिसरमा भुस्याहा कुकुरलाई खानेकुरा खुवाएको आरोपमा सोसाइटीले नेहा देतवानी नामकी महिलामाथि ३ लाख ६० हजार भारु जरिवाना लगाएको हो ।

उक्त सोसाइटीका अध्यक्षका अनुसार समाजको बैठकमा ९८ प्रतिशतले उक्त सजाय पारित गरेका हुन् । परिसरभित्र कुकुरलाई खानेकुरा खुवाउँदा कुकुरहरु वृद्धवृद्धा, बालबालिका तथा अन्य मानिसहरुप्रति बढी आक्रामक भएर भुक्ने तथा त्यस ठाउँमा बढी फोहोर हुने ठहर समाजले गरेको छ ।

सजाय पाएकी महिला नेहाका अनुसार उनलाई कुकुरलाई खाना खुवाएको आरोपमा दिनहुँ २५ सय भारु जरिवाना गरिएको रहेछ ।

मार्च महिलासम्मको जरिवाना रकम ३ लाख ६० हजारको बिल भुक्तानीका लागि भन्दै आएपछि उनी झसँग भइन् ।

आफुले खाना खुवाएका कुकुरहरु भुस्याहा कुकुर नभै त्यहीँ परिसरमा जन्मिएका कुकुरहरु भएको र आफुले मानवीयताको हिसाबले त्यस्तो काम गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...