नीता ढुंगानाको बलिउड फिल्मको ट्रेलर सार्वजनिक (भिडियो र फोटोसहित)



 

 

नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको लिड रोल रहेको बलिउड फिल्म ‘कडके कमाल के’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

भारतको प्रतिष्ठित म्यूजिक कम्पनी जि म्यूजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर कमेडीले भरिएको छ ।

फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ ।

यसमा बलिउडका चर्चित कलाकार राजपाल यादवले आर्यनको मामाको भूमिका निभाएका छन् ।

यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो । ट्रेलरमा अभिनेता आर्यनलाई कमेडी, एक्सन र रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

अभिनेत्री नीताले भने ट्रेलरमा पर्याप्त ’स्क्रिन स्पेश’ पाएकी छैनन् । न त उनलाई कुनै संवाद नै दिइएको छ ।

ट्रेलर हेरौँ, अरु तस्बिर भने तल छन् ।

ट्रेलरभरी आर्यन र राजपाल छाएका छन् । मे २४ अर्थात् नेपाली मितिअनुसार जेठ १० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । फिल्ममा भारतकी चर्चित कलाकार ऊषा नाडकर्णीको पनि अभिनय छ । एञ्जल श्रेष्ठ, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुरलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन् ।

ऐतवारी सिंह निर्माता रहेको फिल्ममा मुम्बईका निर्माता आशिष राजेको फिल्ममा लगानी छ । निर्देशक सिंह र भि.के. सिंहले यसको कथा तयार पारेका हुन् । रोचक कुरा त, आफ्नो पहिलो बलिउड फिल्मको ट्रेलर रिलिज हुँदा पनि अभिनेता आर्यन र अभिनेत्री नीतामा कुनै चासो देखिएको छैन । यतिसम्मकी ट्रेलर सामाजिक सञ्जालमा समेत सेयर गरेका छैनन् ।

नीता ढुंगानाः जहाँ पुग्छिन्, अवार्ड पाउँछिन्

नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’मा गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । नीताले यो चलचित्रमा १४ बर्षकी यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैले पनि नीता यो बर्ष आयोजना भएको अवार्डको मुख्य हकदार हुन् । तर, नायिका नीता ढुंगाना जुन अवार्ड समारोहमा पुगेकी छिन्, त्यहाँ उनले अवार्ड पाएकी नै छिन् ।

यो बर्ष आयोजना भएको पहिलो अवार्ड ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा नीता पुगिनन्, अवार्ड पनि थापिनन् । यो बर्ष आयोजना भएको दोश्रो अवार्ड ‘डी सिने अवार्ड’को सुरुवातदेखि नै कार्यक्रममा पुगेर बसेकी नीताले अन्त्यमा अवार्ड थापिन् । उनले चलचित्र ‘पञ्चायत’बाट उत्कृष्ट नायिकाको अवार्ड थापेकी थिइन् । यो कार्यक्रममा पुग्ने नायिकाहरुमा नीता एक्ली थिइन् ।

‘सिनेमा सर्कल अवार्ड’मा पनि नायिका नीता ढुंगाना कार्यक्रमको सुरुवातमै पुगिन् र पुरा अवधी बसिन् । नोमिनेशनमा परेका ५ जना नायिकामा अवार्डमा पुग्ने नीता मात्र थिइन् । यसैले पनि नीताले अवार्ड पाउँछिन् भनेर अड्कल लगाउने सबै थिए । उनले अवार्ड पाइन् पनि ।
केही हप्ता अगाडि अमेरिकामा आयोजना भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा पनि नीता पुगेकी थिइन् । उनले अवार्ड जितिन् । नीता नपुगेको कार्यक्रममा उनले अवार्ड पाएकी छैनन्, पुगेको कार्यक्रममा पाएकी छिन् । आखिर, आयोजकले पहिले नै अवार्ड पाउँदै हुनुहुन्छ आउनुहोला भनेर बोलाउँछ कि नीता पुग्नु र अवार्ड पाउनु संयोग मात्र हो ?

नृत्य नगरी नीतालाई निद्रा नै पर्दैन

चलचित्र ‘करोडपति’मा अभिनय गरेपछि नायिका नीता ढुंगानालाई लाग्न थालेको छ कि केही चलचित्र असफल भयो भनेर निराश हुनुहुन्न । सफलता कुनै पनि बेला पाइन्छ ।

महत्वकांक्षी चलचित्र ‘फुलैफुलको मौसम तिमीलाई’ असफल भएपछि नीताको हातमा त्यति धेरै राम्रा चलचित्र आएनन् । तर, पनि पछिल्लो पटक चलचित्र ‘करोडपति’मा बलिउड कलाकार राजपाल यादबसँगै काम गर्ने अवसर उनले पाइन् । भन्छिन् ‘आफु क्षमतावान हुनुपर्छ । अवसर कुनै पनि बेला आउनसक्छ ।’

अचेल उनलाई अर्को पनि दिब्यज्ञान फुरेको छ कि आफूलाइ फिट एण्ड फाइन राख्नैपर्ने रहेछ । नृत्यमा रुची राख्ने निता एक्सरसाइज पनि राम्रै गर्थिन । एकताक उनी अल्छी भइन् । उनको वजन निकै बढ्यो ।

अहिले सचेत भएकी नीता नियमित जिम क्लब जान्छिन् । नृत्य नगरी उनलाई निन्द्रा लाग्दैन । भन्छिन् ‘मलाई हरेक दिन नृत्य नगरि त चित्त बुझ्दैन । कम्तिमा आधा घण्टा नाँचेकै हुन्छु ।’

सुटिङ नभएको बेला घरमै नाँच्ने गरेकी नीता सुटिङ भएको दिन भने एक्सरसाइज गर्न भ्याउदिनन् । कुनै बेला डान्स प्रशिक्षक समेत रहेकी नीता डान्स गरेपछि ज्यानमा फुर्ती आउने बताउँछिन् ।

फिल्म नचल्दा धेरै अस्तव्यस्त, नीता कसरी व्यस्त ?

नेपाली चलचित्रमा धेरै कलाकार यस्ता छन्, जसको हातमा चलचित्र नै छैन । एउटा चलचित्र नचलेपछि एकाएक असफल हुँदै धेरै कलाकार पलायन भए । हरेक बर्ष आउने दर्जन बढी कलाकार यस्तै असफलताको पीडामा रन्थनिकएका हुन्छन् ।

कतिपय कलाकार असफल हुँदा यो क्षेत्रबाटै हराएका छन् भने कतिपयलाई भने भाग्यले साथ दिइरहेको छ । यहि, भीडमा पर्छिन् नायिका नीता ढुंगाना । नीता ढुंगानाको चलचित्र चल्न छाडेको २ बर्ष भयो । उनलाई दर्शकले हलमा खासै रुचाएका छैनन् । तर, पनि नीतालाई लिएर निर्माताहरु चलचित्र भने बनाइरहेका छन् । गतबर्षको मात्रै कुरा गर्ने हो भने पनि नीताका ३ चलचित्र चलेनन् । ‘लेक साइड, पार्सल, निर्भय’ बक्स अफिसमा कमजोर देखिए ।

चलचित्र नचलेपनि नीता भने छायांकनमा व्यस्त भइन् । उनले चलचित्र ‘राजा’को छायांकन भ्याइन् । अहिले उनले नै अभिनय गरिरहेको चलचित्र ‘करोडपति’को धमाधम छायांकन भैरहेको छ । उनले, गतबर्ष नै चलचित्र ‘पञ्चायत’को पनि छायांकन भ्याइन् ।
नीताको २०७२ सालमा रिलिज भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पनि असफल भएको थियो । यसरि, लगालग चलचित्र असफल हुँदा पनि नीता व्यस्त छिन् । ‘फूलै फूलको मौसम तिमीलाई’ असफल हुँदा पनि उनलाई केहि निर्माताले पत्याए ।

चलचित्र असफल भएपनि व्यस्तता नघटेकोमा नीता दंग हुने त भैहालिन् । तर, कोही चलचित्र नचल्दा अस्तव्यस्त हुने, नीता भने कसरि व्यस्त भैरहेकी छिन् ? के उनलाई पनि भाग्यले नै साथ दिएको हो त ?

नीतालाई प्रशंसाको भोक

अधिकांस कलाकारहरु सकेसम्म मिडियामा आफ्नो बारेमा नकारात्मक चर्चा नहोस नै भन्न चाहन्छन् । तर, एकहोरो प्रशंसाले मात्रै कलाकारको करिअर उकालो लाग्न सक्दैन ।

आफ्ना काम र क्रियाकलापमा प्रशंसा एवं आलोचना दुबै पचाउन सक्ने कलाकार नै उचाईमा पुगेका छन् । कलाकारका दुबै पाटो केलाउनु मिडियाको पनि जिम्मेवारी हो ।

नेपाली फिल्म उद्योगमा सफल नायिकाको पंक्तिमा आफ्नो नाम लेखाइ सकेकीछन् नीता ढुङ्गाले । भनिन्छ, भर्खरै आफ्नो सहयात्रामा ‘ब्रेक अप’ लागेपछि उनी झनै ‘स्ट्रोङ’ भएकिछन् । संजोग नै भन्नुपर्छ, राजनीतिक विषयबस्तुलाई उठान गरेको उनी अभिनित फिल्म यहीवेला प्रदर्शनक्रममा छ । ‘पञ्चायत’ नामको त्यही फिल्म हेर्न शीर्ष नेताहरु फिल्म हल पुगेपछि उनीसँग जोडिएर झनै ठूला–ठूला चर्चा भए । प्रस्तुत छ, उनै अभिनेत्री नीता ढुंगानासँग केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानी –
फिल्म ‘पञ्चायत’मा अभिनय गर्दा कस्तो अनुभव गर्नु भयो ?

– मैले यो फिल्ममा अभिनय गर्दा मभन्दा धेरै सानो उमेर भएकि युवतीको भूमिका निर्वाह गर्नु पर्यो । यसकालागी मानसिक तथा शारीरिक अवस्थालाई ठीक बनाउनु पर्दथ्यो । त्यसैगरी यो राजनीतिक विषयबस्तुमा बनेको फिल्म भएकाले पञ्चायतकालीन अवस्थाको वारेमा पनि मैले बुझ्ने मौका पाएँ । छुट्टै किसिमको अनुभव प्राप्त भयो मलाई, पञ्चायतवाट ।

तपाईंलाई फिल्म क्षेत्रमा छिटै नै आएको जस्तो लाग्दैन ?

– छिट्टै नै आएकी हुँ । १० बर्ष भयो । सायद यही कारण मलाई पुरानी नायिका भनेर बुझ्नेहरु पनि छन् । १५ बर्षको उमेरदेखि मैले नायिका भएर अभिनय गरेँ । बालकलाकारको रुपमा त अझ धेरै अघिदेखि नै आएँ । यसरी हेर्दा फिल्म क्षेत्रमा छिटै नै आएको भन्ने कुरा सत्यपनि हो ।

तपाईलाई ग्ल्यामरस भनेको के जस्तो लाग्छ ?
– ग्ल्यामरस हुन लुगा फुकालेर मात्र हुँदैन । त्यसका लागि व्यक्तिमा हुने आकर्षणको विषय प्रमुख हुन्छ । कसैको बोली नै ग्ल्यामरस हुन्छ । स्टेजमा बुरुक बुरुक उफ्रर्दैमा ग्ल्यामरस हुँदैन् त्यो त भल्गर हुन्छ । सुन्दर हुने उपाय हो, ग्ल्यामर ।

तपाईको सफलतामा बुवाआमाले के भन्नुहुन्छ ?

– मेरी आमा हुनुहुन्न् । चार वर्ष भयो । सुरुमा बुवाले कराउनु हुन्थ्यो । अहिले घरको सबै परिवार मसँग नै आश्रित हुनुहुन्छ । खुसी हुनुहुन्छ ।

‘बे्रक अफ’ भएपछि झन राम्री हुनुभएको छ नि ?

– हो । अरुले पनि भन्नु हुन्छ । मेरो अनुभवमा पनि ‘ब्रेक अप’ भएपछि अझै ‘स्ट्रङ’ हुँइँदो रहेछ । ‘ब्रेक अप’ भएपछि मानिस आफैमा बलियो हुन पुग्दो रहेछ । (हाँसो) सायद यही कारण सुन्दरता थपिएको हो कि ?

तर, नेपाली चलचित्रका केही कलाकारहरुमा आलोचना पचाउने क्षमता अति कमजोर छ । नकारात्मक समाचार आउँदा उनीहरु साँच्चै छटपटिन्छन् । एकहोरो प्रशंसाको पछि लाग्दा आफू कता चिप्लिएको छु भन्ने नै थाहा पाउँदैनन् । पछि, चिप्लिएर अर्कै कान्लामा पुगिसकेपछि मात्र आँखा खोलेर अर्थ पनि छैन ।

नायिका नीता ढुंगाना पनि प्रशंसाको खुबै भोको रहिछन् । उनले नकारात्मक समाचार सम्प्रेषण नगर्ने पत्रकारलाई सबैले माया गर्ने गरेको तर्क गरिन् । कलाकारका सकारात्मक समाचार मात्र सम्प्रेषण गर्ने पत्रकार आफ्ना लागि प्यारो हुने उनको प्रष्ट आशय छ ।

हुनत, कलाकार आफ्ना सबै सहकर्मी र पत्रकारसँग नजिक हुनुपर्छ भन्ने छैन । तर, दुबै थरीका समाचारलाई ग्रहण गर्न सक्ने हो भने नीताको मात्र होइन, धेरै कलाकारको करिअर उँभो लाग्ने थियो ।

फेसनका मामालामा नेपाली चलचित्रका नायिकाहरु परिवर्तित हुँदैछन् । सामान्य पहिरनमा रमाउने नायिकाहरु पनि अहिले बोल्ड पहिरनमा रमाउन थालेका छन् ।

नायिका ढुंगाना पनि अहिले बोल्ड पहिरनमा अग्रसर देखिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने