भागेर बिहे गरेका प्रेमी प्रेमिका १५ दिनपछि फर्के, गाउँलेले १ घण्टा कुखुरा बनाए



हाम्रो इकोनोमि

 

 

केही ठाउँमा आज पनि प्रेमविवाह गर्ने युवा युवतीलाई दोषी मानिन्छ । त्यहाँको समाजले उनीहरुलाई विभिन्न किसिमको सजाय पनि दिने गर्छ ।

 

यस्तै एउटा रोचक भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडि योमा प्रेमी प्रेमिका कुखुरा बनेको देख्न सकिन्छ ।

यो भिडियो उत्तर प्रदेशको प्रतापगढको भएको बताइएको छ ।

उनीहरुलाई सजाय दिन गाउँलेहरुले उनीहरुलाई कुखुरा बन्ने उर्दी जारी गरेको हो । यी दुईलाई गाउँलेको अगाडि १ घण्टासम्म कुखुरा बन्ने सजाय दिइयो ।

प्रेमिका ३ सन्तानकी आमा भएको बताइएको छ । उनी १५ दिनदेखि प्रेमीको साथमा फरार थिइन् ।

दुई दिन पहिले उनी फर्किन् तर परिवारले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि पञ्चायत बोलाइयो ।

प्रधान पञ्चले त्यहाँ उनीहरुलाई कुखुरा बन्ने सजाय सुनाए । उनीहरुले पनि सजाय स्वीकार गरेपछि उनीहरुलाई गाउँलेको अगाडि घण्टा कुखरा बनाइयो ।

सजायपछि दुवैले आफूहरुले बिहे गरेको र सँगै बस्ने भनेपछि दुवैको परिवारले पनि अनुमति दिएको बताइएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...