पूर्वसभासद यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् ।

यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

 

नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरिएको एसपी विष्टले बताए ।

उनको बारेमा थप अनुसन्धान भइरहेको छ । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...