बन्दको समयमा गाडी चलाएको भन्दै मकवानपुरमा कुखुरा बोकेको गाडीमा आगजनी !



हाम्रो इकोनोमि

 

सरकारले प्रतिवन्ध लगाएपछि नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण आज देशैभरीको अवस्था तनावग्रस्त बनेको छ ।

आज मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ ।

अज्ञात समूहले थाहा नगरमा कुखुरा बोकेको गाडी र भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने गाडीमा आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडीमा तीन जनाको संख्यामा आएका व्यक्तिहरुले गाडी रोकेर आगजनी गरेको हुन् ।

त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ ।

क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...