बन्दको समयमा गाडी चलाएको भन्दै मकवानपुरमा कुखुरा बोकेको गाडीमा आगजनी !



हाम्रो इकोनोमि

 

सरकारले प्रतिवन्ध लगाएपछि नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण आज देशैभरीको अवस्था तनावग्रस्त बनेको छ ।

आज मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ ।

अज्ञात समूहले थाहा नगरमा कुखुरा बोकेको गाडी र भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने गाडीमा आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडीमा तीन जनाको संख्यामा आएका व्यक्तिहरुले गाडी रोकेर आगजनी गरेको हुन् ।

त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ ।

क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...