लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा एनआरएनए



हाम्रो इकोनोमि

 

 

 

गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ ।

गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए जुटेको हो ।

गत २०७५ असोजको ‘एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनीए पनि निर्माण कार्य सम्पन्न नभएपछि पछि सारिएको थियो ।

एनआरएनको काठमाडौंमा सम्पन्न फेस टू फेस बैठकले २०७६ बैशाख १२ गते लाप्राक नमुना बस्ती हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

एनआरएनले यसअघि आइसिसीको बैठक नै बसी हस्तान्तरणको मिति तय गरेको यही बैशाख १२ को अन्तिम तयारीमा एनआरएनए जुटेको हो ।

यसअघि प्रतिबद्धता जनाएको मितिमा निर्माण कार्य सम्पन्न गर्न भन्दै एनआरएनए अध्यक्ष भवन भट्टसहितको टोलीले निर्माणाधीन क्षेत्रको निरीक्षण गरेको थियो ।

भने एनआरएनएको टोली सोही क्षेत्रमा खटिएर हस्तान्तरणको तयारीमा जुटेको छ ।

एनआरएनए सचिवालयका कार्यकारी प्रमुख हेमन्त दवाडीले मौसमले साथ दिए यही १२ गते सम्म सबै घर निर्माण सम्पन्न गरिसक्ने तयारीमा रहेको बताउनुभयो ।

निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै प्रमुख दवाडीले गाउँलेले गर्नुपर्ने काम भने केहि बाँकि रहेको बताउनुभयो ।

अहिले बस्तीका घरका झयाल, ढोका र जस्ता राख्ने काम भइरहेको छ । यथपी हस्तान्तणको कार्यक्रम भने तय भइनसकेको प्रमुख दवाडीले बताउनुभयो ।

सरकारी निकायले अहिलेसम्म यसको टुंगो नलगाए पनि बैशाखभित्र हस्तान्तरण सम्पन्न गरिसक्ने बताउनुभयो ।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाकन जिकैको लाप्राक गाउँमा एनआरएनले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश भने २०७३ माघमा भएको थियो। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो ।

गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो ।

गुरुयोजनामा उल्लेख गरिए अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् ।

सबै एकै प्रकारका २ तले ४ कोठे घर बन्ने लाप्राक नमुना बस्ती गुरुयोजनामा उल्लेख छ ।

पहिलो तला सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइनेछ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिनेछ । ट्रस हालेर नीलो जस्ताको छानो लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...