नायिका पुजा शर्माको पारिश्रमिकले चलचित्र बजार तात्यो, यसरी खुल्यो कुन कलाकारले कति बुझ्छन् !



हाम्रो इकोनोमि

 

विश्वमा अहिले कलाकारिता क्षेत्रको ठुलो बजार रहेको छ । हलिउड, बलिउड, टलिउड देखि लिएर कलिउडसम्म यसको प्रभाव राम्रो देखिएको छ ।

यो बिचमा समयसमयमा कलाकारहरुका बारेमा चर्चा हुने गर्छ ।

कलाकारहरुका अनेक कुराहरु बाहिर आउँने गर्छन । आज हामी नेपालको कलाकारिता क्षेत्रमा भइरहेको पारिश्रमिकको कुरा गर्न गइरहेका छौ ।

पछिल्लो समय अभिनेत्रीहरुले आफ्नो पारिश्रमीक बढाउने होड चलेको छ । उनीहरुको यस हर्कतका कारण धेरैले चलचित्रमा काम पाउँन छाडेको र म्युजिक भिडियोहरुमा सिमित हुनु परेको यर्थात पनि हाम्रा बिचमा रहेको छ ।

अर्को कुरा के भने नेपाली चलचित्र उद्योगमा केही यस्ता कलाकारहरु पनि छन जसलाई दर्शकले राम्रो माया दिइरहेका हुन्छन् ।

अभिनेत्री पुजा शर्मा पनि यसै मध्यकी एक हुन् । शर्माका चलचित्रहरुलाई दर्शकले असाध्यै त होईन तर माया भने गर्छन, उनका चलचित्र हेर्न पछिल्लो पुस्ता औधी रुची राख्छ् । त, उनको स्टारडम कति छ ?

उनकै कारण चलचित्र चल्ने सम्भावना छ त रु यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन ।

तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् । हालै मात्र उनी चलचित्र पोइ पर्यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी हुन् ।

उनलाई तिमी सँगका निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्रका लागि सो रकम दिइएको हो ।

चलचित्रमा आकाश श्रेष्ठ र पुजा फाइनल भएका छन् । आकाशले १८ लाखमा यो चलचित्रमा काम गर्न राजि भएका हुन् । बजारमा आफ्नो स्टारडम बढाउनका लागी पुजाले यस्तो निर्णय गरेको हल्ला फैलिएको छ ।

नेपालका महंगा अभिनेत्रीको सुचिमा नम्रता श्रेष्ठपछि साम्राज्ञी र अब पुजा शर्माको नाम अगाडी आएको छ ।

नेपाली चलचित्र क्षेत्रमा सुरुमा अभिनेताहरुले आफ्नो पारिश्रमिक बढाउने होड चलाए । त्यसपछि अभिनेत्रीहरुमा यो भुत चलेको छ ।

अहिले अनमोल केसीको ४५, प्रदीप खड्काको ४५, पल शाहको २५, विपीन कार्कीको २०, दयाहाङ राइको १५, सौगात मल्लले १० लाख पारिश्रमिक बुझ्छन् जस्ता खबर दिनदिनै मिडियामा आउने गरेका छन् ।

आधिकारिक उनिहरुले कति बुझ्छन् भन्ने कुरा अहिलेसम्म कसैले बोल्न सकेका छैनन् । तर, पारिश्रमिक धेरै लैजाने भन्दा पनि नेपाली कलाकारिता क्षेत्रलाई जिवित राख्ने तर्फ कलाकारहरुको

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...