नेपालमा अति छिटो लोकप्रिय बनेको टिकटकमाथि पनि प्रतिवन्ध !



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय नेपाल लगायत भारतमा पनि सर्वाधिक प्रयोगकर्ता भएको टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।

भारतमा गुगलले प्लेस्टोर र एपस्टोरबाट भिडियो एप्स ‘टिकटक’ हटाएको जनाएको छ ।

भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध नहुने जनाइएको छ ।

गत सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो ।

तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।

यो भन्दा पहिलो भारतमा पब्जी, पोर्न पनि बन्द गराइएको थियो । तपाईलाई जानकारी गराउँ यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो ।

यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।

सबैभन्दा नकारात्मक पक्ष भनेको यो एपको माध्यमले युवाहरुका अश्लीलता फैलाएको आरोप लागेको छ ।

यो सँगै नेपालमा पनि प्रतिवन्ध लगाउँनुपर्ने जनाइएको छ तर नेपाल सरकारले यस बारेमा कुनै प्रतिकृया दिएको छैन । पब्जी गेम केही राज्यहरुमा प्रतिवन्ध लगाइएको भए पनि टिकटकमाथि भने पुर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...