प्रहरी कब्जामा रहेका पत्रकार अर्जुन गरीले भने ‘पत्रकारिताप्रतिको मेरो आस्था अझै बढेको छ’



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिलको कमजोरी र प्रहरीको दुरूपयोगका कारण प्रहरीको कब्जामा  रहेका पत्रकार अर्जुन गिरीले फेसबुक मार्फत धारणा सार्वजनिक गरेका छन । उनले केहीबेर अघि फेसबुक पेजबाट धारणा सार्वजनिक गरेका हुन ।

 

उनले लेखेका छन ‘प्रहरीले पक्राउ गर्‍यो र मुद्दा चलायो भनेर पत्रकारिता प्रतिको मेरो आस्था किञ्चित रूपमा गिरेको छैन, बरू बढेको छ ।’

उनले अघि लेखेका छन ‘पत्रकार महासंघ लगायत संस्थाहरू र देशभरका पत्रकारहरूले देखाउनु भएको ऐक्यवद्धताले प्रष्ट गरेको छ यो युद्धमा म एक्लो छैन । सिंगो पत्रकारिता जगत छ ।’

गिरीले भनेका छन ‘यो संघर्ष अर्जुन गिरीको होइन, पत्रकारितालाई साइबर अपराध ठहर गर्ने कि पत्रकारिता नै भन्ने हो ।

पत्रकारितामाथि प्रहार गर्न जबरजस्त थोपरिएको साइबर क्राइमको बञ्चरो हटाउन र आउँदा दिनमा कुनै पनि समाचार वा विचारलाई साइबर  अपराको मुद्दा नचलाउने थिति बसाल्न हामी सबै पत्रकारहरू सफल हुनेछौं भन्ने विश्वास गरेको छु । पत्रकारिता साइबर अपराध होइन पत्रकारिता नै हो भनेर स्थापित गर्नै पर्ने संघर्ष हो यो ।’

यसैबीच नेपाल पत्रकार महासंघले पत्रकार गिरीको रिहाइको लागि अान्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने ।

भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिले गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

त्यसपछिका आन्दोलनका कार्यक्रम तय गर्न भोली नै केन्द्रीय समितिको उपलब्ध बैठक बस्ने जनाइएको छ ।
पत्रकार महासंघको आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि आग्रह गर्दछु ।

यस्तो छ विज्ञप्ति

२०७६।०१।०४
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो ।

जस अन्तर्गत आज विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि बैसाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ । यसपछिका थप कार्यक्रम महासंघको भोलि बस्ने उपलब्ध केन्द्रीय समिति बैठकले तय गर्नेछ । महासंघ सबै जिल्ला शाखा तथा पत्रकार एवं सञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न आह्वान गर्दछ

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...